२०८१, १६ बैशाख आईतवार

साहित्यकार श्रेष्ठको ‘मीमांसा’ विमोचित

डबली खबर     माघ १३ २०८० १८:०७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – साहित्यकार श्रीराम श्रेष्ठको “मीमांसा” पुस्तकको आज शनिबार विमोचित भएको छ ।

विदुरमा आयोजित एक कार्यक्रमकाबीच संघीय अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा लेखक श्रेष्ठले पढ्ने लेख्ने संस्कृतिको विकासको लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा विद्यालयगत नभएर पालिकागत पुस्तकालय निर्माण हुनुपर्नेमा जोड दिए । पुस्तकमा विभिन्न छापा तथा अनलाइन मिडियामा प्रकाशित ५८ ओटा लेखहरु संग्रहित रहेको लेखक श्रेष्ठले जानकारी दिए ।

नेपाली लेखक संघ जिल्ला कार्यसमिति नुवाकोटले प्रकाशनमा ल्याएको उक्त कृति ३६० पृष्ठको छ ।

लेखक नेपाली काँग्रेस नुवाकोटका सचिव तथा नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top