२०७९, ३० श्रावण सोमबार

साहित्यकार श्रेष्ठको “नेपाली जनजातीय संस्कार र संस्कृति” पुस्तक विमोचित

डबली खबर     फाल्गुन २९ २०७८ १२:५४

writer shreeram shrestha
Diyo Pathshala Montessori

नुवाकोट – साहित्यकार श्रीराम श्रेष्ठको “नेपाली जनजातीय संस्कार र संस्कृति” पुस्तकको दोस्रो संस्करण विमोचित भएको छ ।

शनिबार पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै नेता डा. महतले पढ्नेलेख्ने संस्कृतिको विकासले मात्र सभ्य समाजको निर्माण हुने बताए ।

पहिलो संस्करणको अपार सफलतापछि दोश्रो संस्करण लिएर आएको साहित्यकार श्रेष्ठले बताए । पुस्तकमा देशभरका विभिन्न २० जातजातिको संस्कार, संस्कृति र जीवनशैली संग्रहित रहेको लेखक श्रेष्ठले बताए ।

पुस्तकमा आठपहरिया राई, कुमाल, गुरुङ, चेपाङ, तामाङ, थारु, दनुवार, दराई, धिमाल, पहरी, बराम, बलामी, मगर, माझी, मेचे, राउटे, राजवंशी, शेर्पा, सतार र हायु जातिका संस्कार र संस्कृतिका विषयमा अनुसन्धान मूलक लेखहरू रहेको उनले बताए ।

५१२ पृष्ठको उक्त पुस्तकलाई आकृति प्रकृति प्रकाशन काठमाडौंले बजारमा ल्याएको हो ।

लेखक नेपाली काँग्रेस नुवाकोटका सचिव तथा नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष पनि हुन् ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top