नुवाकोट – अहिले बजारमा काखे बालबालिका बोक्न र राख्न आयातित झोला पाइन्छ । सहर या गाउँघर पहिले बालबालिकाहरूलाई सुताउने झोलुङ्गो हुन्थ्यो । नुवाकोटमा पनि सहरी क्षेत्रबाहेक अन्य क्षेत्रमा पनि यसको प्रयोग आउन छाडी सकेको छ ।
बच्चा जन्मेदेखि ३ वर्षको नहुँदा उनीहरूलाई झोलुङ्गोमा राखिन्छ र सुताईने गरिन्थ्यो । बालबालिका सुत्ने र बस्ने काम झोलुङ्गोभित्र नै गर्ने गर्छन् ।अभिभावकको व्यस्तताले बालबालिकाहरूलाई झोलुङ्गोमा राखेर सुताईन्थ्यो । झोलुङ्गोभित्र बालबालिका सुरिक्षत हुने गर्दथ्यो ।
बाल्यकालको अधिकांश समय झोलुङ्गोभित्र बसेर केटाकेटीले आफ्नो बाल्यकाल पूरा गर्दथ्यो। अहिले वाकरको नाममा अन्य विशेष प्रकारको सामान आयातित हुदैंछ भने झोलुङ्गो लोपोन्मुख हुदैंछ ।
प्रतिक्रिया