sujim bazar advert

एकैपटक दुई विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा

डबली खबर     भदौ ६, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Nepal Electricity EV charging station in nuwakot hawaghar
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – नुवाकोटमा विद्युतीय गाडी बढाउन विदुर नगरपालिकाको छुट्टाछुट्टै स्थानमा एकैपटक दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याईएको छ ।

बुधबार नगरपालिकाको वडा नम्बर ४ बट्टारस्थित बसपार्क र हावाघरमा निर्माण गरिएको चार्जिङ स्टेशनको नगरप्रमुख राजन श्रेष्ठले उद्घाटन गरेका हुन् ।

चार्जिङ स्टेशनमा जीबीटी र सीसीएम चार्जिङ उपकरण जडान गरिएको छ। पहिलो मेसिनबाट ठूला र व्यावसायिक गाडी र दोस्रो उपकरणबाट जीप, कारजस्ता साना सवारी चार्ज गर्न मिल्ने जनाएको नेपाल विद्युत्त प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख ईन्द्रबहादुर जिसीले जानकारी दिए ।

चार्जिङ स्टेशनमा सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछ ।

बागमती प्रदेश सरकारले निर्माण गरेको चार्जिङ स्टेशनलाई नगरपालिकाले जग्गा उपलब्ध गराएको थियो।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top