sujim advert

बाढीले खानेपानीको पाईप बगाउँदा ५० लाखको क्षति

डबली खबर     साउन ३२, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

falakhu river
bidur tax consultancy services in nuwakot

नुवाकोट – दक्षिण एसियाकै नमुना खानेपानी आयोजना विदुर खानेपानीले आपूर्ति हुँदै आएको खानेपानीको पाइप बाढीले बगाउँदा चारहजार भन्दाबढी घरधुरी खानेपानी समस्या भएको छ।

गत साता लगातार दुई दिनको वर्षाले फलाखु खोलाबाट ल्याईएको जडान गरिएका १३० मिटरको पाइप बगाएपछि संस्थाले वितरण गर्दै आईरहेको सदरमुकाम विदुर, बट्टार, पिपलटारलगायतका क्षेत्रमा खानेपानी समस्या भएको विदुर खानेपानी तथा सरसफाई खानेपानी संस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठले जानकारी दिए ।

बिहिबार संस्थाले प्राविधिकसहितको टोलि लिएर मुहानदेखि करिब तीन किलोमिटर तल पानीको पाईप बाढी बगाएको स्थलगत अवलोकन र निरीक्षण गराएको छ । निरीक्षणपछि टोलिले ३५५ एमएमको पोलिथिन खानेपानी पाईप राख्न गर्न सुझाव दिएको छ ।

पाईप, ढलान र ग्याबिन जाली बगाउँदा करिब ५० लाखभन्दामाथि क्षति भएको स्थलगत प्रारम्भिक अनुमानले देखाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। उक्त स्थानमा तत्काल अस्थाई मर्मतको लागि थोरैमा दुईसाता लाग्नेछ । साथै आवश्यक खर्चको लागि लगत इस्टिमेट गरी जिल्ला विपद व्यवस्थापन समिति र विदुर नगरपालिकालाई अनुरोध गर्ने निर्णय समेत गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

निरीक्षणको क्रममा फलाखु खोला मुहान सम्झौता अनुसारको संरचना निर्माण नभएको पाईएकोले तत्काल मुहान संरचना निर्माण गर्न निर्माण व्यवसायी सिको कालिका टुन्दी जेभीलाई ताकेता गरेको छ ।

साथै, विदुर नगरपालिकाको वडा नम्बर १ ढुंगेदेखि वडा नम्बर ९ कोलेनीसम्मको मुख्य पाईपलाइन प्रयोगमा भएको सामाग्री गुणस्तरहीन पाईएकोले उक्त सामाग्री सम्झौता अनुसार गुणस्तरको सम्गारी प्रयोग गरी मर्मत कार्य सम्पन्न गराउन निर्माण पक्षलाई अनुरोध गरेको छ ।

खानेपानी आपूर्तिको लागि वैकल्पिक रूपमा प्रयोग हुँदै आएक‍ो बट्टार र विदुरको डिप बोरिङको खानेपानी बुधबारदेखि नै खानेपानी वितरण गरिएको संस्थाका प्रबन्धक राजकुमार तिमिल्सिनाले बताए । खानेपानी अभाव भएपछि वितरण गरिएको खानेपानी जोहो गरी उपभोग गर्न प्रबन्धक तिमिल्सिनाले अनुरोध गरेको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top