+
Search

ताजा अपडेट +

पपुलर +

प्रस्तावित शिक्षा ऐनप्रति आपत्ति जनाउँदै प्याब्सनको ध्यानाकर्षण

डबली खबर
२ साल अगाडी

विदुर – प्रस्तावित शिक्षा ऐनप्रति आपत्ति जनाउँदै निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन नुवाकोटले आज प्रमुख जिल्ला अधिकारी किरण थापालाई ध्यानाकर्षण पत्र हस्तान्तरण बुझाएको छ । प्याब्सन केन्द्रको निर्देशन अनुसार आज प्याब्सन नुवाकोटका अध्यक्ष ताराबहादुर कार्की र पदाधिकारीको टोलीले जिल्ला प्रसाशन कार्यालय नुवाकोटका प्रमुख थापालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा भनिएको छ “विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक-२०८०सरोकारवालाका सुझावहरुलाई वेवास्ता गरि तयार गरिएको सम्बन्धमा हाम्रो ध्यानाकर्षण भएको छ ।”

प्रस्तावित शिक्षा ऐन संशोधन विधेयकको मस्यौदामा कम्पनी अन्तर्गत सञ्चालित विद्यालयहरुलाई ५ बर्षभित्र हिसाब फरफारक गरी बैक ऋण समेत चुक्ता गरी गुठीमा दर्ता गर्नु पर्ने बाध्यात्मक व्यवस्था समावेश गरेकोले निजी विद्यालयहरु आन्दोलित हुनु परेको उल्लेख छ । उक्त विधयेकले निजी विद्यालयहरु अनिश्चितकालका लागि बन्द हुने जानकारी गराइएको छ ।

आजनै प्याब्सन नुवाकोटले शिक्षा विकास तथा समन्वय इकाई र जिल्लाका १० वटा पालिकाहरुमा ध्यानाकर्षण पत्र बुझाएको प्याब्सन अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए ।

प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन् । आज साउन २४ गते जिल्ला प्रसाशन कार्यालय, प्रदेश सरकार, शिक्षा विकास तथा समन्वय एकाई र पालिकाहरुमा ध्यानाकर्षण पत्र बुझाउने, २५ गते माइतिघर मण्डलामा मस्यौदाको विरोध गर्ने, २६ गते सरोकारवाला पक्षसँग अन्तरक्रिया गर्ने, २७ गते कार्यक्रमको समीक्षा गर्ने, २८ गतेदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने र भाद्र १ गते विद्यालयका बसहरुलाई सार्वजनिकस्थलमा पार्किङ गरि आन्दोलनलाई अझ सशक्त बनाउने जस्ता आन्दोलनका कार्यक्रमहरु प्रकाशित गरि सकेको छ ।

निजी क्षेत्रमा सञ्चालित विद्यालयका प्रतिनिधि मुलक संगठनहरु प्याब्सन केन्द्र, एनप्याब्सन, र हिसानले संयुक्तरुपमा आन्दोलनको घोषणा गरेका छन् । यस बाहेक नेपाल शिक्षक महासंघ, राहत शिक्षक एसोसिएसन, विद्यालय कर्मचारी परिषद र राष्ट्रिय अभिभावक संघले पनि प्रस्तावित मस्यौदामा भएका प्रावधान प्रति आपत्ति जनाउँदै आन्दोलनमा जाने बताइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ