+
Search

ताजा अपडेट +

पपुलर +

एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने

UML to celebrate Madan Jayanti with organizational campaign
डबली खबर
१ मिनेट अगाडी

असार ८, काठमाडौं । नेकपा एमालेले मदन भण्डारीको ७५औँ जन्मजयन्तीलाई भव्य रूपमा मनाउने भएको छ । नेकपा (एमाले) निकट २४ वटा जनसंगठनहरूको आज काठमाडौं बसेको बैठकले यहि असार १४ गते देशभर विविध कार्यक्रमका साथ जन्मजयन्तीलाई व्यापक रूपमा मनाउने निर्णय गरेको हो ।

जनसंगठन समन्वय संयन्त्रका संयोजक विशाल भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त भेलामा नेताहरूले यस वर्षको जन्मजयन्तीलाई रचनात्मक, वैचारिक तथा संगठनात्मक अभियानका रूपमा अघि बढाउने विषयमा छलफल भएको थियो। सहभागी प्रतिनिधिहरूले कार्यक्रमलाई सफल बनाउन सबै जनसंगठनहरूलाई सक्रिय रूपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

पूर्वराष्ट्रपति विद्या भण्डारी को समेत उपस्थिति रहेको उक्त भेलामा बोल्दै एमाले सचिव भानुभक्त ढकालले मदन भण्डारीको जन्मजयन्तीलाई केवल औपचारिकतामा सीमित नराखी रचनात्मक कार्यक्रममार्फत देशभर मनाउन अपील गरे ।

भेलामा मदन भण्डारी फाउन्डेसनका सचिव भेषराज अधिकारीले यस वर्ष जन्मजयन्तीलाई विशेष राजनीतिक तथा वैचारिक कार्यक्रमका रूपमा मनाउने तयारी गरिएको जानकारी दिए । उनका अनुसार असार १४ गते काठमाडौंमा हुने मुख्य समारोहमा जननेताको योगदानबारे विशेष विमर्श गरिनेछ।

काठमाडौंस्थित राष्ट्रिय सभा गृह मा आयोजना हुने मुख्य समारोहमा नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारीको राजनीतिक योगदानबारे विस्तृत छलफल हुने कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड, साथै पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

काठमाडौंमा फाउन्डेसनले असार १४ गते आयोजना गर्ने मुख्य कार्यक्रमलाई सबै जनसंगठनहरूले सहयोग गर्ने निर्णय पनि भेलाले गरेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ