३ फागुन, विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालुआर्थिक वर्षको माघ महिनाको कार्यसम्पादनको प्रगति विवरण सार्वजनिक गरेको छ ।
प्रतिवेदनअनुसार प्रशासनले ६६० वटा नयाँ नागरिकता, ९६९ वटा नागरिकताको प्रतिलिपि र ३० वटा नाबालक परिचयपत्र वितरण गरेको छ ।
प्रशासनबाट राहदानीतर्फ ६७६ वटा आवेदन संकलन गरिएकोमा ९७६ वटा राहदानी वितरण गरिएको छ ।
राष्ट्रिय परिचय पत्रका लागि २ हजार २९३ जनाको व्यक्तिगत विवरण संकलन गरिएको र ४३५ जनालाई परिचयपत्र वितरण गरिएको छ ।
प्रशासनमा माघ महिनामा राहदानी दस्तुरबाट मात्र ४७ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, कार्यालयले परीक्षा दस्तुरमा २ हजार १००, दर्ता ५७ हजार ९००, हातहतियार इजाजतमा ३०० र जरिवानामा १०० रुपैँया राजस्व सङ्कलन गरेको छ।
प्रशासनले माघ महिनामा २ पटक बजार अनुगमन गरी ३३ वटा पसलहरूको निरीक्षण समेत गरेको छ ।