२०८१, ११ बैशाख मंगलवार

सुसूचित मतदाता तयार पार्न सञ्चारकर्मीको भूमिका अपरिहार्यः आयुक्त डा. तुलाधर

डबली खबर     मंसिर २ २०७९ १७:२७

janaki kumari tuladhar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदानमा खसेको मत बदर नहोस् भन्ने आयोगको लक्ष्यमा सघाउन समुदायस्तरमा मतदातालाई सही सूचना दिएर सुसूचित मतदाता तयार गर्न सञ्चारकर्मीलाई आग्रह गरेकी छिन्।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका निर्वाचनका लागि आयोगले आज नुवाकोटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयुक्त डा. तुलाधरले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गराउन आयोग लागिरहेको बताउँदै निर्वाचन आचारसंहिताको अनुगमन र पालनामा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिन्।

देशभर ७१ प्रतिशत मत खस्ने अनुमान गरिएको उनले बताईन् । जिल्ला कारागारमा रहेका कैदीबन्दीको हकले पनि मतदान गर्न पाउने प्रबन्ध मिलाईएको बताईएको छ । निर्वाचन पर्वको रुपमा मनाउन सबै नागरिकले मताधिकार व्यक्त गर्न अनुरोध गरेकी छिन्।

उनले निर्वाचनको सञ्चालन, व्यवस्थापन, नियन्त्रण र रेखदेखका लागि संविधानले दिएको जिम्मेवारी पूरा गर्न आयोग कटिबद्ध रहेको र आचारसंहिता नियमनको व्यवस्था गरिएको बताइन् ।

उनले सञ्चारकर्मीप्रति आयोगको ठूलो विश्वास रहेकाले आयोगले आचारसंहिताको अनुगमनलगायतका संरचनामा सञ्चार क्षेत्रको प्रतिनिधित्वलाई अभिन्न अंगका रूपमा व्यवस्था गरेको बताइन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top