+
Search

ताजा अपडेट +

पपुलर +

पूर्वप्रधानमन्त्री स्वर्गीय थापाको आत्मकथा लोकार्पण

suryabhadur thapa aatmakatha lokarpan
डबली खबर
३ साल अगाडी

काठमाडौं – पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको आत्मकथा बिहीबार एक कार्यक्रममा लोकार्पण भएको छ ।

सूर्यबहादुर थापा प्रतिष्ठानले आयोजना गरेको लोकार्पण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथखनाल, डा. बाबुराम भट्टराईले ‘मेरा नौ दशक पाँचव्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री’ नामको संयुक्तरुपमा आत्मकथा लोकार्पण गरेका हुन् ।

लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्वर्गीय थापा पञ्चायत कालमा मात्र नभएर बहुदलीय प्रजातन्त्रमा प्रधानमन्त्री भई मुलुकको राजनीतिमा संलग्न अनुभवी, व्यावहारिक र कुशल व्यक्तित्व भएको बताए । नौ दशक लामो आयु बाँच्नु भएका स्वर्गीय थापा नेपाली राजनीतिमा सम्झना योग्य नेताहरू मध्ये एक रहेको बताए ।

उक्त कृतिमा दोस्रो विश्वयुद्ध, भारतीय स्वतन्त्रता संग्राम लगायतका अन्तर्राष्ट्रिय परिघटना देखि नेपालको २००७ सालको राजनीतिक क्रान्ति, २००७ देखि २०१७ सालसम्मको राजनीतिक संक्रमण, पञ्चायत कालीन राजनीतिक व्यवस्था, २०३६ सालको जनमत संग्रह, २०४६ सालको जनआन्दोलन र बहुदलको घोषणा, माओवादीद्वन्द्व, २०६२/६३ सालको दोस्रो जनआन्दोलन र संविधानसभाको उतार चढावसम्मका घटनाको वर्णन र विश्लेषण गरिएको छ ।

बुक हिलले प्रकाशन गरेको आत्मकथा लेखन र सम्पादनमा संलग्न हरिबहादुर थापा, गणेश पौडेल पत्रकार विजयकुमारले पनिआफ्ना अनुभव सुनाएका थिए । हो । थापाको २०७२ वैशाख ३ गते निधन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ