१७ चैत, नुवाकोट । ओपनएआईले आफ्नो लोकप्रिय भिडियो तथा तस्बिर निर्माण प्लेटफर्म ‘सोरा’ बन्द गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार सन् २०२६ अप्रिल २६ देखि सोराको वेब तथा एप सेवा पूर्ण रूपमा बन्द हुनेछ भने सन् २०२६ सेप्टेम्बर २४ देखि यसको एपीआई सेवा पनि अन्त्य गरिने जनाएको छ।
कम्पनीले प्रयोगकर्तालाई आफ्नो सामग्री समयमै सुरक्षित गर्न विशेष आग्रह गरेको छ। सोरा प्रयोगकर्ताहरूले उक्त अवधिभित्र आफ्नो भिडियो तथा तस्बिरहरू डाउनलोड गर्न सक्ने जनाएको छ ।
ओपनएआईले यस कदमलाई आफ्नो सेवा संरचनालाई पुनःव्यवस्थित गर्ने दीर्घकालीन रणनीतिक निर्णयका रूपमा व्याख्या गरेको छ।
कम्पनीले प्रयोगकर्तालाई समयमै सामग्री सुरक्षित गर्न तथा वैकल्पिक डिजिटल उपकरणतर्फ ध्यान दिन आग्रह गर्दै भविष्यमा सिर्जनात्मक प्रविधिको प्रयोगमा थप सचेत बन्न प्रेरित गर्ने अपेक्षा व्यक्त गरेको छ।
प्रतिक्रिया