असार ९, नुवाकोट । देशको साक्षरता दर ७६.२ प्रतिशत रहँदा बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत देखिएको छ ।
चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान हुँदा बागमती प्रदेशको ५.४० प्रतिशत रहने अनुमान गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए ।
देशको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब ९ करोड रुपैयाँमध्ये बागमती प्रदेशको हिस्सा ३६.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । जसको २४ खर्ब २३ अरब रुपैयाँ हुन्छ।
त्यस्तै, मुलुकको प्रतिव्यक्ति आय एक हजार ५३५ अमेरिकी डलर रहँदा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबै प्रदेशभन्दा बढी दुई हजार ६ सय ४४ अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ ।
मुलुकको निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशत रहेको छ ।
बागमतीमा निरपेक्ष गरिबी १२.५९ प्रतिशत र बहुआयामिक गरिबी ७.० प्रतिशत मात्र रहेको सरकारको आव २०८३/०८४ को बजेटमा छ ।

प्रतिक्रिया