+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकारितामा एआईको प्रयोगबारे दुई दिने प्रशिक्षण

ai training in mass communication
डबली खबर
११ महिना अगाडी

जेठ २५, भक्तपुर – आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशको आयोजनामा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआइ) को प्रयोग सम्बन्धी दुई दिने प्रशिक्षण दिईएको छ।

कार्यक्रमको समापन सत्रमा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले राज्यका नीति निर्माण तहमा रहेका व्यक्तिहरूले प्रविधि र विविधताबीचको सन्तुलन खोज्दै यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त राखेका थिए ।

फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले तालिमले सहभागीहरूलाई डिजिटल युगमा पत्रकारिताको नयाँ ढोका खोलिदिएको विश्वास व्यक्त गरे ।

तालिमका प्रशिक्षक समिर बालामीले पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग कसरी गर्न सकिन्छ, त्यसका सम्भावित फाइदा र चुनौतीहरूबारे विस्तृत रूपमा प्रशिक्षण दिएका थिए । उनले समाचार लेखन, अनुसन्धान, तथ्यांक विश्लेषण, तथ्य जाँच तथा बहुभाषिक अनुवाद जस्ता क्षेत्रमा एआईले पुर्‍याउन सक्ने योगदानबारे जानकारी दिएका थिए ।

दुई दिने तालिममा बागमती प्रदेशअन्तर्गतका जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो।

बागमती प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा भएको तालिम जेठ २३ गतेदेखि २४ गतेसम्म भक्तपुरमा सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ