२०८१, १३ बैशाख बिहीबार

दुई हप्तादेखि शुन्य सङ्क्रमित, खोप प्रभावकारी

डबली खबर     चैत्र १९ २०७८ १३:५१

zero coronavirus infected in nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – दुई हप्तादेखि नुवाकोटमा कोरोना सङ्क्रमितको संख्या शुन्य छ । आज चैत १९ गतेको तथ्यांकअनुसार जिल्लामा कुनै पनि सङ्क्रमित भेटिएको छैन ।

पछिलो २५ घण्टामा जिल्लामा कुनै पनि सङ्क्रमित नभेटिएको स्वास्थ्य कार्यालयका फोकल फर्सन कृष्णप्रसाद रिजालले जानकारी दिए । जिल्लामा कोरोना परीक्षण गर्नेमा पनि न्यून छ । चैत ६ गतेदेखि आज १९ गते शनिबारसम्म कुनै पनि सङ्क्रमित भेटिएको छैन । गत दुई हप्तामा १० जनाले मात्र कोरोना परीक्षण गरिएको उनले जानकारी दिए ।

जिल्लामा ७८ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लिईसकेका छन् । खोपको प्रभावकारी र नागरिकमा कोरोनाभाइसबाट सुरक्षित रहने चेतनामा वृद्धि भएको कारण गर्दा पनि सङ्क्रमण दर घटेको उनले बताए ।

हालसम्म नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ हजार ३६४ पुगेको छ । ९ हजार ३१२ जना निको भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । ३० हजार ९६१ जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top