+
Search

ताजा अपडेट +

पपुलर +

टुंगो लाग्यो उद्योग वाणिज्यको अधिवेशन

ncci nuwakot
डबली खबर
१ दिन अगाडी

साउन ६, विदुर । नुवाकोट उद्योग वाणिज्य संघको बुधबार बसेको बैठकले आगामी पुस ३ गते साधारणसभा र पुस ४ गते निर्वाचन गर्ने निर्णय गरेको छ। बैठकको निर्णयसँगै  निर्वाचन प्रक्रिया समयमै सम्पन्न गर्न तयारी थालिएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।

निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्न हाल कार्यसमितिमा रहेका पदाधिकारीहरूको नाम नै चर्चामा रहेको छ। मर्यादा क्रमअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने एक स्रोतले बताएको छ।

गत वर्ष चैत्रमा निर्वाचन हुनुपर्नेमा नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशनमा सहभागिताका कारण निर्वाचन स्थगित गरिएको थियो। यस पटक तोकिएको मितिमा प्रक्रिया अघि बढाउने निर्णयले संघको नियमित गतिविधिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

बैठकमा संघका आन्तरिक विषयहरूमा छलफल भएको थियो। पदाधिकारीहरूले सदस्य व्यवसायीहरूको हित संरक्षण र संघलाई थप सक्रिय बनाउने प्रतिबद्धता जनाएका छन्।

निर्वाचनको मिति घोषणासँगै नुवाकोटका उद्योगी तथा व्यापारीहरूमा चासो बढेको छ। संघको नेतृत्व चयनले स्थानीय व्यापारिक वातावरणलाई प्रभावित पार्ने भएकाले निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न होस् भन्ने अपेक्षा व्यक्त गरिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ