+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशुली नदीमा हाम्फालेर एक जना बेपत्ता

डबली खबर
४ हप्ता अगाडी

असार ३२, नुवाकोट । विदुर नगरपालिका–१ स्थित नयाँ त्रिशुली पुलबाट एक स्थानीय व्यक्तिले त्रिशुली नदीमा हाम्फालेर बेपत्ता भएको छ।

बेपत्ता हुनेमा गेर्खुका ३५ वर्षीय श्यामबहादुर मग्राती रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।

आज दिउँसो करिब १ बजेर १० मिनेटको समयमा उक्त पुलबाट मग्रातीले नदीमा हाम्फा हालेको जानकारी प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।

विदुरस्थित अस्थायी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट ७ सदस्यीय टोली घटनास्थल पुगेर खोजतलासी कार्य थालेको प्रहरीले जनाएको छ।

घटना भएको केही समयपछि सशस्त्र प्रहरी बल नम्बर १९ गुल्म हेडक्वार्टर कार्यालय नुवाकोटबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा थप टोली घटनास्थलतर्फ खटाइएको थियो। प्रहरी टोलीले नदी किनार तथा आसपास क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ