+
Search

ताजा अपडेट +

पपुलर +

एच.पि.भी. खोप अभियानमा ‘घुमन्ते नुवाकोट’

hpv vaccine
डबली खबर
१ साल अगाडी

२० माघ, नुवाकोट । पाठेघरको मुखको क्यान्सरविरुद्धको एच.पि.भी. खोप अभियान सफल बनाउन विभिन्न प्रचारप्रसार भईरहेको छ । सञ्चार माध्याम वा सामाजिक सञ्जालमार्फत् खोप अभियान सफल बनाउन विभिन्न सिर्जनात्मक प्रचारप्रसार भईरहेको देखिएको छ ।

प्रचारप्रसारकै क्रममा घुमन्ते नुवाकोटले आफ्नो जिल्लामा पनि सिर्जनात्मक लघु वृत्तचित्र निर्माण गरेको छ। आम मानिसमा जनचेतना पुर्याउन उक्त वृत्तचित्र सफल भएको छ ।

नुवाकोटमा ११ हजार १७८ किशोरीलाई एचपिभि खोप लगाइँदै

सुर्यगढी गाउँपालिकाको कालिका माध्यमिक विद्यालय खोप केन्द्रमा गरिएको वृत्तचित्रमा विकास पुडासैनीको लेखन तथा निर्देशन रहेको छ । वृत्तचित्रमा प्रह्लाद न्यौपानेको छायांकन रहेको छ ।

वृत्तचित्रमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एच.पि.भी. खोपसम्बन्धी लक्षित उमेर समूहका छात्राहरुको भलाकुसारीसँगै खोप अभियानको प्रक्रियामा रहने विद्यालय, महिला स्वास्थ्यस्वयंसेविका, आमा समुह, स्वास्थ्यकर्मीलगायतको भूमिका बारे प्रस्ट्याएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ