sujim bazar dashain tihar bumper offer

विदुर नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

डबली खबर     असार २१, २०८१

sizen education study in Japan
ananda Jewellery shop

bidur municipality Declaration of complete vaccine assurance and certification of sustainability
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट – विदुर नगरपालिकालाई यस वर्ष पनि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । पालिकाभित्रका १३ वडाका सबै खोप लगाउने उमेर समूहका बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता गरिएको हो ।

विदुरमा एक कार्यक्रमकाबीचमा उपप्रमुख प्रभा बोगटीले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेकी हुन् ।

कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूर्णध्वज श्रेष्ठका अनुसार चालुआर्थिक वर्ष २०८०/०८१ मा नगरका सबै वडाका ६२८ बालबालिकालाई नै पूर्ण खोप लगाईएको जानकारी दिए । १६ देखि २३ महिनाभित्रका बालबालिका पूर्ण खोप पाए नपाएको सुनिश्चित गर्नका लागि हरेक वर्ष खोप सुनिश्चिता गर्नुपर्ने व्यवस्था रहेकोले उनले बताए ।

जनस्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत अमृत महर्जनले लिखु गाउँपालिकामा धर्मको आडमा आफ्ना बालबालिकालाई कुनै पनि खोप नदिएको अवस्थामा स्वास्थ्य टोली र स्थानीय तहको समन्वयमा खोपको पूर्ण मात्रा लगाएको जानकारी दिए । बालबालिकाको खोज र खोप नीतिलाई महिला स्वास्थ्य स्वयंसेविकाहरुले तादरुकाताका साथ लाग्नुपर्ने बताए ।

चालु आवमा तथ्यांकअनुसार विदुर नगरपालिकाभित्र सबैभन्दा ४ नम्बर वडामा ९२ बालबालिका र सबैभन्दा कम १० नम्बर वडा २३ बालबालिका जन्मेको छ। सबैले पूर्ण खोप र खोप कार्ड पाएको जनाएको छ ।

हाल नगरमा महिला स्वास्थ्य स्वयंसेविकाहरु १३९ जना रहेका छन् ।

shivam cement 2081 dashain
bagamati gabion box in Nuwakot

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top