+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा १६ हजार ४२९ ले बनाए नागरिकता, राहदानीबाट ४ करोड १८ लाख राजस्व सङ्कलन

DAO Nuwakot annual report
डबली खबर
८ घण्टा अगाडी

साउन ५, विदुर। जिल्ला प्रशासन कार्यालय नुवाकोटले आर्थिक वर्ष २०८२/८३ मा राहदानी दस्तुर बापत मात्रै ४ करोड ६ लाख उन्नतिस हजार ८०० रुपैँया राजस्व सङ्कलन गरेको छ। वैदेशिक रोजगार तथा अध्ययनका लागि विदेश जानेहरूको सङ्ख्या उच्च रहेकाले राहदानी सेवा लिनेहरूको चाप वर्षैभरि देखिएको जनाएको छ

प्रशासनका अनुसार गत आवमा ७ हजार ७३१ वटा राहदानीका आवेदन सङ्कलन भएका थिए । जसमा ८ हजार ३११ वटा राहदानी वितरण गरिएका छन्। सबैभन्दा बढी साउन महिनामा ५० लाख ३२ हजार ५०० रुपैँया सङ्कलन भएको थियो । माघ महिनामा ४७ लाख २५ हजार र जेठमा ३९ लाख ७० हजार रुपैँया राजस्व सङ्कलन भएको छ। सबैभन्दा कम राजस्व फागुन महिनामा २२ लाख २७ हजार ५०० रुपैँया र असार महिनामा २६ लाख ७ हजार ५०० रुपैँया सङ्कलन भएको प्रतिवेदनमा उल्लेख छ। असार महिनामा मात्रै १ हजार २४४ वटा राहदानी वितरण गरिएको थियो।

citizenship stats Nuwakot

त्यस्तै, नागरिकता वितरणतर्फ गत आर्थिक वर्षमा कुल १६ हजार ४२९ वटा नयाँ नागरिकता/प्रतिलिपि जारी भएका छन्। जसमध्ये ७ हजार २६४ जनाले वंशजका आधारमा नयाँ नागरिकता लिएका छन् भने ९ हजार १४८ जनाले नागरिकताको प्रतिलिपि प्राप्त गरेका छन्। यसैगरी २ जनाले वैवाहिक/अङ्गीकृत नागरिकता र १५ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्।

सबैभन्दा बढी जेठ महिनामा १ हजार २८० जनाले नयाँ नागरिकता लिएका छन् भने फागुन महिनामा सबैभन्दा कम २३४ जनाले नयाँ नागरिकता लिएको देखिन्छ।

यसैगरी, राष्ट्रिय परिचयपत्रतर्फ उक्त अवधिमा कुल २३ हजार ७१४ जनाको व्यक्तिगत विवरण सङ्कलन र ५ हजार २५६ वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ। साउन महिनामा सबैभन्दा बढी ३ हजार ६६ जना र जेठ महिनामा २ हजार ४९८ जनाले विवरण दर्ता गराएका छन्।

सरकारी सेवाहरूमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदै लगेकाले विवरण सङ्कलन गराउने सेवाग्राहीको चाप प्रशासन कार्यालयमा बढेको हो।

एक हजार २८० जनालाई नयाँ नागरिकता

नुवाकोट प्रशासनद्वारा ३ हजार २६ राहदानी वितरण

जिप्रका नुवाकोटद्वारा चैत्रको कार्यसम्पादन विवरण सार्वजनिक

वंशजको आधारमा २३४ वटा नयाँ नागरिकता वितरण

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ