२०८१, १३ बैशाख बिहीबार

सहकारी संघको सुलभ बजार

डबली खबर     फाल्गुन २० २०७८ १८:५५

vegetables bazar nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटले आफ्नो नवनिर्मित व्यवसायिक भवनमा सुलभ तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ ।

संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेले उद्घाटन गर्दै सहकारी बजार विकास कार्यक्रमको सहयोगमा जिल्लामा उत्पादित तरकारी तथा फलफूलको उचित मूल्यमा बिक्री-वितरण गर्ने उद्देश्यले बिक्रि बजार सुरु गरिएको बताए ।

बेलकोटगढी नगरपालिका, शिवपुरी गाउँपालिका र ककनी गाउँपालिकाभित्र सञ्चालनमा रहेकाे कृषि सहकारीहरूसँग समन्वय गरेर उक्त बजार सञ्चालनमा ल्याएको संघका सचिव प्रकाशकुमार अधिकारीले बताए ।

यसअघि संघले लकडाउनको अवधिमा घुम्ती सुलभ तरकारी तथा फलफूल बजार सञ्चालन गरेको थियो

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top