२०७९, २६ श्रावण बिहीबार

फागुन २० गतेदेखि मतदाता नामावली अद्यावधिक गर्न सकिने, हराए वडाको सिफारिस चाहिने

डबली खबर     फाल्गुन १३ २०७८ १३:५९

election interaction in nuwakot
Diyo Pathshala Montessori

विदुर – सरकारले आगामी वैशाखको ३० गते स्थानीय तह निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय नुवाकोट निर्वाचनका तयारीमा जुटेको छ ।

निर्वाचनलाई प्रभावकारी बनाउनका लागि कार्यालयले मतदाता नामावली अद्यावधिक तथा दावी विरोध कार्यक्रम सम्बन्धी सरोकारवालासँग शुक्रबार छलफल गरेको छ ।

कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार यहि फागुन २० गतेदेखि मतदाता नामावली अद्यावधिक तथा दावी विरोध कार्यक्रम सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए । सोहीअनुसार वडा कार्यालयमा गएर आफ्नो मतदाता नामावली भए नभएको हेर्न सकिने छ । मतदाता नामावलीमा आफ्नो विवरणमा भएको त्रुटि सच्चाउन सकिने छ । मृत्यु र बसाइँसराईको हकमा भने समबन्धित व्यक्तिको आधिकारिक प्रमाणपत्रसहित वडा कार्यालयको सिफारिसमा निर्वाचन कार्यालयमा निवेदन दिई अद्यावधिक गर्न सकिने उनले बताए ।

मतदाता नामावलीमा दोहोरो नाम समावेश भएकामा एक स्थानमा मात्र कायम गर्न मतदाताले स्वयम् निवेदन दिन र गतल वा झुट्टा विवरण दिई मतदाता नामावलीमा आफ्नो नाम समावेश गरेको थाहा हुन आएमा प्रमाणसहित उक्त नाम हटाउन प्रमाणसहित यहि फागुन २२ गतेभित्र कार्यालयमा बुझाउन र ईमेल deo.nuwakot@election.gov.np मार्फत निवेदन दिन सकिने जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले अधिकांश नागरिकले परिचयपत्र जोगाएर राख्ने बानी निर्वाचन कार्यालयले बिगारेको हुनाले आगामी निर्वाचनमा पनि सोहीअनुसार नयाँ परिचयपत्र दिलाउनुपर्ने बताए ।

त्यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले अन्य महत्वपूर्ण कागजातसरह मतदाता परिचयपत्रलाई सुरक्षित राख्न नागरिकलाई अनुरोध गरेका छन् ।

सरकारले वैशाखको ३० गते स्थानीय तह निर्वाचनको घोषणा गरेसंगै मुलुकका सबै जिल्लामा नामावली अध्यावधीक गर्ने कार्य सञ्चालन हुदैछ ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top