२०७९, २१ मंसिर बुधबार

ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा खल्तीबाट १ हजारसम्म क्यासब्याक पाइने

डबली खबर     माघ १० २०७८ १६:४२

jyoti life insurance premium through Khalti wallet
nuwakot health dengue
Diyo Pathshala Montessori
bidur tax
trishuli web design

नुवाकोट – ज्योति लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम ‘खल्ती’ बाट तिर्दा प्रयोगकर्ताहरुले एकहजार रुपैंयाँसम्मको क्यासब्याक पाउने भएका छन् ।

डिजिटल अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ वालेटले ज्योति लाईफको प्रिमियम भुक्तानी गर्दा एकहजारसम्मको क्यासब्याक दिने जनाएको छ । साथै ५००० सम्म को खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड “INSURE100” प्रयोग गरी एकसय रुपैंयाँको क्यासब्याक पनि प्राप्त गर्नेछन् ।

कोरोनाभाइरस महामारीको समयमा डिजिटल भुक्तानीले अर्थव्यवस्थालाई सहज बनाएको र प्रयोगकर्ताहरुलाई भाइरसको सम्पर्कबाट बच्न मद्दत गरेको छ । तसर्थ, लामो लाइनमा नबसी सुरक्षित रूपमा भुक्तानी गर्न सहज गर्ने डिजिटल भुक्तानी सेवा प्रोत्साहित गर्न यो अफर सुरु गरिएको हो ।

यस सुविधा बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ। धेरै बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्म मार्फत आफ्नो प्रिमियम तिर्न रुचाउँछन्। डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको हो।”

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क ‘खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छ:

  • ‘खल्ती’ एप लग-इन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने
  • “ज्योति लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने
  • “DOB” र “Policy Number ” भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुहोस्
  • अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने
  • रु. ५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ। खल्ती खाता नभएको खण्डमा साइन अप गरि वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिनेछ।

‘खल्ती’ डिजिटल वालेट

खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top