२०७९, २८ श्रावण शनिबार

उत्प्रेरणा बहुउद्देश्यीय सहकारीको शेयर पुँजी करिब ५ करोड

डबली खबर     पुष २७ २०७८ १२:१३

utprerana multipurpose cooperative
Diyo Pathshala Montessori

नुवाकोट – उत्प्रेरणा बहुउद्देश्यीय सहकारीको शेयर करिब पाँच करोड रुपैंया पुगेको छ ।

शनिबार विदुरमा आयोजित १४औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षका प्रतिवेदनहरु र चालु आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ ।

सहकारीमा ७ सय ५७ जना शेयर सदस्य रहेकोमा सहकारीको शेयर पुँजी ४० लाख ९० हजार २०० रुपैंयाँ पुगेको छ । २ करोड ६५ लाख ९९ हजार निंक्षेप संकलन गरेको सहकारीले २ करोड ९८ लाख ऋण लगानी गरेको छ ।

सहकारीको वार्षिक साधारणसभामा विदुर नगरपालिका ४ नम्बर वडाका वडासदस्य वसन्त रिजालको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा सहकारीका अध्यक्ष परशुराम श्रेष्ठ, कोषध्यक्ष कृष्णमान तामाङ र लेखा सुपरिवेक्षण समितिका संयोजक रामबहादुर सुर्खेतीले आआफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top