२०७९, १२ असार आईतवार

खल्तीले ल्यायो आइफोन र १ लाख पोईन्ट जित्ने मौका अफर

डबली खबर     मंसिर २२ २०७८ १३:२८

Khalti iPhone 13 win offer
Diyo Pathshala Montessori

नुवाकोट – नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘खल्तीमा आइफोन १३’ अफर फेरि ल्याएको छ । मङ्सिर १९ गतेदेखि पुष मसान्सतसम्म्म लागु हुने यो अफरमा एक लाख खल्ती पोइन्ट्स ५० रुपैेयाँमै पाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रयोगकर्ताहरूले यसमा सहभागी हुन खल्ती एपको फिटरड् सर्विसेशमा गएर ‘खल्ती मा आइफोन’ बाट ५० रुपैयाँको रिचार्ज गर्नुपर्नेछ । त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ । जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जतिपटक पनि रिचार्ज गर्नसक्ने खल्तीले जनाएको छ ।

अन्तिममा एक जना विजेताले आइफोन १३ प्राप्त गर्नसक्ने र दैनिक एक जना प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स प्राप्त गर्नसक्ने पनि सो कम्पनीले जनाएको छ । केवाईसी भेरिफाइड भएका खल्ती एकाउन्टबाट यो क्याम्पेनमा सहभागी हुन पाइनेछ । यो क्याम्पेन ल्याउनुको मुख्य उद्देश्य प्रयोगकर्तालाई डिजिटल नेपाल को लागि प्रोत्साहित गर्नु भएको प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताएका छन् ।

क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभमार्फत लक्कीड्रमार्फत खल्तीले विजेता घोषणा गर्नेछ । आफ्ना प्रयोगकर्ता संख्या २० लाख नाघेको खल्तीको दाबी छ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top