२०८१, १२ बैशाख बुधबार

नुवाकोटमा थप १५ सङ्क्रमित

डबली खबर     आश्विन ११ २०७८ १२:५१

corona update use mask
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयको अनुसार मङ्गलबार पुरुष ८ जना र महिला ७ जना गरी कुल १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५९ रहेको छ ।

सङ्क्रमित हुनेमा विदुर नगरपालिकामा ९ जना, किस्पाङका ३ जना, शिवपुरी, सुर्कायगढी र म्यागङका १/१ जना नयाँ सक्रमित थपिएको स्वास्थ्य कार्यालय नुवाकोटको सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए ।

पछिल्लो तथ्यांकअनुसार ११ जना निको भएर घर फर्केका छन् भने अहिलेसम्म ८ हजार ०३८ जना कोरोनारोगबाट निको भएका छन् ।

अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार १४५ जना पुगेको छ भने ४८ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top