२०८०, १६ चैत्र शुक्रबार

नुवाकोट बजारमा सुजिकीको नयाँ स्कुटर

डबली खबर     श्रावण १८ २०७८ २०:०७

Suzuki access scooter nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – सुजुकी मोटरसाइकल तथा स्कुटरको नुवाकोटको लागि आधिकारिक बिक्रेता त्रिशुली अटोमोबाइल्सले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नुवाकोट बजारमा भित्र्याएको छ ।

भारतीय बजारमा उत्कृष्ट तीनमा रहन सफल स्कुटरमध्येमा पर्ने “एक्सेस स्कुटर”को नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले एक कार्यक्रमका बीचमा शुभारम्भ गरेका हुन् ।

त्रिशुली अटोमोबाइल्सका कार्यकारी निर्देशक सज्जन उत्सुक सापकोटाका अनुसार सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन छ । उनले भने “नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा बीएस ६ र एफआई प्रविधि छ । २ भल्बयुक्त इन्जिन भएको यसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमटर्क जेनेरेट गर्छ”, उनले भने “सुजुकी एक्सेस स्कुटर सेतो, निलो, खैरो र कालो गरी चार रङमा उपलब्ध रहेको छ । जसमा सबैभन्दा बढी निलो रङ्ग रुचाईएको छ ।”

नेपालमा यसको स्कुटरको बजार मूल्य २ लाख ६० हजार रहेको छ । यसमा सुजुकी स्टार्ट सिस्टम र किक स्टार्ट दुवै व्यवस्था गरिएको छ। सो स्कुटरमा २२ लिटर बराबरको रिजर्व क्षमता राखिएको छ। जसमा मोबाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको छ। दुबै चक्कामा अलोय ह्विल प्रयोग गरिएको छ। स्कुटरको जम्मा तौल १०३ किलोग्राम छ।

नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता एवं वितरक भीजी अटोमोबाइल्स प्रालिले सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्र्याएको हो ।

त्रिशुली अटोमोबाइल्समा स्कुटर र बाइक खरिद गर्दा डिजीटल भुक्तानी “फोन पे” को क्युआर कोड स्क्यान र “कनेक्ट आईपीएस”को सुविधा रहेको छ

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top