२०८१, ७ बैशाख शुक्रबार

ज्याला तथा निर्माण ढुवानीको दररेट सार्वजनिक (दररेटसहित)

डबली खबर     श्रावण १४ २०७८ १८:१८

wages rate nuwakot district
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालू आर्थिक वर्ष २०७८/७९ को लागि श्रमिकहरुको ज्याला दर निर्धारण गरेको छ । श्रमिक सङ्गठन, निर्माण व्यवसायी, उद्योग वााणिज्य संघ, विकास निर्माणका क्रियाकलाप गर्ने सरकारी कार्यालय लगायतसँगको परामर्श, नेपाल राष्ट्र बैङ्कबाट प्रकासित ज्यालादर सूचांक तथा उपभोक्ता मूल्य सूचांक, हालको बजार मूल्य र श्रमिकहरुको उपलव्धतालाई समेत आधार मानेर श्रमिकहरुको ज्याला दर निर्धारण गरेको जनाएको छ ।

निर्धारण गरिएको दररेटअनुसार दक्ष कामदार अन्तर्गतको व्लाष्टरले प्रतिदिन १ हजार २ सय ६० रुपैयाँ तोकिएको छ भने गत वर्ष १ हजार २ सय रुपैयाँ तोकिएको थियो । गत आर्थिक वर्षको तुलनामा नयाँ आर्थिक वर्ष २०७८/७९ को लागि ५ रुपैयाँ वृद्धि भएको हो । यस्तै, रक डिलर, हेभि ड्राइभर, वेल्डर, विस्पोटक पदार्थ ढुवानी गर्ने ज्यामी, डकर्मी, सिकर्मी, नकर्मी, बज्रकर्मी, चित्रकार, हेभि सुनियर अपरेटर र कम्युटर अपरेटरलाई १ हजार ५० रुपैयाँ तोकिएको छ ।

अर्ददक्ष कामदाले प्रतिदिन प्रतिव्यक्ति ८ सय रुपैयाँ, अदक्ष कामदारअन्तर्गत रहेका ज्यामी, भरिया, ज्यामी नाइके, जुनियर अपरेटर, उत्प्रेरक, हेभी हेल्पर, सर्भे हेल्पर, इटा बनाउने, साधारण हेल्पर, नर्सरी नाइके, क्याम्पर वर्कर लगायतलाई ७ सय ६५ रुपैयाँ, मौसम रेकर्डरलाई ५ सय २५ रुपैयाँ, सडकमा काम गर्ने लेन्थ वकरलाई ५ सय ५ रुपैयाँ, निर्माण सुपरभाइजरलाई ६ सय ९० रुपैयाँ, निर्माण सुपर भाइजर प्राविधिकलाई ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

नयाँ दररेटअनुसार लाइट ड्राइभरले ६ सय ९५ रुपैयाँ, प्याच वकरलाई ६ सय रुपैयाँ, लेन्थ कवर सुपरभाइजरले ६ सय ७० रुपैयाँ र झाडु लगाउनेलाई ५ सय ६५ रुपैयाँ ज्याला पाउनेछन् । श्रमिकको उमेर १६ वर्ष पार गरेको र दैनिक काम गर्ने अवधी ८ घण्टालाई आधार मानेर यस आर्थिक वर्षको लागि श्रमिकहरुको ज्याला दर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top