+
Search

ताजा अपडेट +

पपुलर +

“खल्ती वालेट” सहज बन्दै, स्मार्ट उद्यमीहरुले निःशुल्क प्रयोग गर्न सकिने

Smart udyami api khalit
डबली खबर
४ साल अगाडी

काठमाडौं – खल्ती डिजिटल वालेटले यहि असार महिनाभित्र खल्तीसँग सम्झौता गर्ने स्मार्ट उद्यमीहरुलाई निःशुल्क अनुप्रयोग प्रोग्रामिंग ईन्टरफेस (एपिआई) उपलब्ध गराउने भएको छ । महामारीको बिचमा साना, मझौला तथा ठुला बजारमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने र देशको खस्कदो अर्थतन्त्रको सुधारमा थप योगदान पुर्याउने उद्देश्यका साथ उक्त सेवा संचालनमा ल्याइएको हो ।

यस सेवा अन्तर्गत, खल्तीले आफ्नो ग्राहकहरुको लागि मल्टिपल पेमेन्ट अप्सन पनि उपलब्ध गराएको छ । व्यवसायीहरुले खल्तीको एपिआई आफ्नो सिस्टममा इन्टिग्रेट गर्दा उक्त एक महिना सम्म कुनै शुल्क नलाग्ने भएको छ । यो सेवा यहीँ असार महिना भित्र खल्ती संग सम्झौता गर्ने मर्चान्टहरुको हकमा लागु हुनेछ । आफ्नो मरचान्ट ड्यासवोर्ड मा जम्मा भएको रकम व्यक्तिले जुनसुकै बेला तुरुन्तै बैंक अकाउन्टमा ट्रान्सफर वा डिपोजिट गर्न सक्नेछन् । अब खल्ती एसडीके/एपिआईबाट मर्चान्टहरुले सजिलै ईबैंककिङ्ग, मोबाइल बैंककिङ्ग, कनेक्ट आइपीस, एससिटी कार्ड र खल्तीको ग्राहकहरुबाट झन्झटरहित भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् ।

उक्त विषयमा खल्ती डिजिटल वालेटका प्रबन्धक श्री जोनाम भुर्तेलले भन्नुभयो “हामीले महामारीको चपेटामा परि आर्थिक रुपमा कमजोर हुन पुगेको उद्यमीहरुलाई निशुल्क मर्चान्ट इन्टीग्रेसन प्रदान गरि वहाँहरुको आर्थिक स्थिति सबल बनाउने अवधारणाको साथ यो कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ । खल्तीलाई इन्टीग्रेट गर्दा सरल र सुरक्षित हुने हुँदा खल्ती धेरै व्यापारीहरुको रोजाइमा पर्ने कुरामा हामी विश्वस्त छौँ । उद्यमीहरुलाई बढी भन्दा बढी सहुलियत र सुविधा दिनुनै खल्तीको अठोट रहेको छ” ।

खल्ती पेमेन्ट गेटवेको प्रयोगबाट व्यवसायीले प्रत्येक बैंकहरुसँग इन्टिग्रेट गर्ने झन्झटबाट मुक्त हुनेछन् । खल्तीको मर्चान्ट अकाउन्ट रजिस्टर गर्नको लागि कम्पनि रजिस्टर भएको हुन पर्छ । Khalti.com को होम स्क्रीनमा रहेको “मोर” अप्सनमा गई “मर्चान्ट साइन अप” छनोट गरि आफ्नो सम्पूर्ण विवरण भरि रजिस्टर गर्न सकिन्छ । त्यस पश्चात लग ईन गरि आफ्नो आफ्नो सम्पूर्ण विवरण हरु हेर्न सकिन्छ ।

१७ लाख भन्दा बढी प्रयोगकर्ता भएको खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार झन्झटरहित र सरल बनाउनु रहेको छ । ’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । Khalti.com/app बाट यो एप डाउनलोड गर्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ