२०७८, ७ आश्विन बिहीबार

नेपाल टेलिकमको ‘भीओएलटीई’ सेवा सुरु

डबली खबर     जेष्ठ ३ २०७८ ०८:१८

nepal telecom volte service 2078
tribhuwan trishuli secondary school admission open
bidur tax

काठमाडौं – नेपाल टेलिकमले सोमबारदेखि फोरजीमा आधारित “भ्वाइस ओभर एलटीई” सेवाको परीक्षण सुरु गरेकाे छ । कम्पनीले विश्व दूरसञ्चार तथा इन्फरमेसन सोसाइटी दिवसको अवसर पारेर नेपालमै पहिलो पटक यस्तो सेवा सुरूवात गरेकाे हाे ।

कम्पनीले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटीई प्रविधिअन्तर्गत यस्ताे सेवा सञ्चालनमा ल्याएकाे जनाएकाे छ । यो सेवा कम्पनीका प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा परीक्षणको रुपमा सुरूवात भएकाे हो ।

यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइस, डायल गर्ना साथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महसुस गर्न सकिने कम्पनीले जनाएको छ ।

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीसँग भीओएलटीई सपोर्ट गर्ने मोबाइल सेट हुन जरुरी छ । प्रयोगकर्ताले आफ्नो मोबाइलबाट *444# डायल गरी प्राप्त निर्देशन अनुसार यो सेवा एक्टिभ गराउन सक्नेछन् ।

यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गएर भीओएलटीई कल फर एनटीसी सिम समेत इनेबल गर्नुपर्ने हुन्छ । त्यसलगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीईको संकेत देखा पर्दछ ।

trishuli web design

त्यसपछि *111# डायल गर्नुपर्ने हुन्छ । यदि तपाईंको मोबाइलबाट यो अङ्क डायल हुन्छ भने सोच्नुहोस्, तपाईंको मोबाइलमा टेलिकमको यो नयाँ सेवा चलाउन सकिन्छ ।

अन्यथा (भीओएलटीई सपोर्ट नगर्ने अवस्थामा) यो नम्बरमा तपाईंले डायल गर्न सक्नुहुन्न । नेपाल टेलिकमले यो सेवा प्रयोग गर्ने ग्राहकलाई आफ्नो नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी एक पटकका लागि १०० मिनेट भीओएलटीई भ्वाइस सुविधा निःशुल्क उपलब्ध गराउने छ ।

आफ्नो मोबाइल सेटले भीओएलटीई सपोर्ट गर्छ वा गर्दैन भनेर थाहा पाउनका लागि वा यो सेवा सम्बन्धी अन्य जानकारी प्राप्त गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित: जेष्ठ ३ २०७८ ०८:१८

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top