२०८०, ६ चैत्र मंगलवार

क्यान नुवाकोटमा नेपाल

डबली खबर     फाल्गुन १ २०७७ १८:२७

Federation of Computer Association Nepal Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले बागमती प्रदेश अन्तर्गत नुवाकोटमा जिल्ला शाखा विस्तार गरेको छ।

शनिबार विदुरमा आयोजित क्यान जिल्ला शाखा नुवाकोटको प्रथम साधारणसभा तथा अधिवेशन क्यान महासंघका केन्द्रीय सदस्य भानुभक्त शर्माको प्रमुख आतिथ्यमा भएको थियो ।

अधिवेशनबाट निर्विरोध पवन नेपालको अध्यक्षतमा ७ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा दिलिपकुमार शाक्य, सचिवमा नारायणकुमार घले, कोषाध्यक्षमा मनिषकुमार शाह चयन भएका छन्। सदस्यहरुमा सुनिल श्रेष्ठ, लिडर श्रेष्ठ र विशाल सापकोटा चयन भएका छन् ।

त्यस्तै, कृष्णबहादुर तामाङ र शशीप्रसाद आचार्यलाई मनोनयन सदस्यका रुपमा चयन गरेका छन् ।

संस्थागत र व्यक्तिगत रुपमा आबद्ध २५ सदस्यहरुबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन संयोजक नवदीप श्रेष्ठले जानकारी दिए  ।

कार्यक्रममा केन्द्रिय सदस्य शर्माले पछिल्लो समय सूचना तथा सञ्चार प्रविधि (आइसिटी) मानव जीवनको अभिन्न अंग बन्न पुगेको बताए । अहिले प्रविधिविनाको जीवन कष्टप्रद हुने अवस्था छ । प्रविधिले समयको सदुपयोग र श्रमलाई सहज मात्रै बनाएको छैन, यो आर्थिक विकासकै मेरुदण्डसमेत बन्न पुगेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लाग्ने व्यक्तिहरु विश्वकै धनीहरुको उत्कृष्ट १० भित्र समेत रहेको छ भने आर्थिक विकासको दरिलो माध्यमसमेत बन्न पुगेको बताए । 

नवनिर्वाचित अध्यक्ष नेपालले जिल्लाका सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा विज्ञहरूको हकहितका लागि काम गर्दै जाने र सूचना प्रविधिसम्बन्धी नीति तथा कार्यक्रममा सरकारलाई आवश्यक सुझाव र सहयोग पनि दिँदै जाने बताए ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको संस्थागत विकाका लागि सन् १९९२ मा गैरनाफामूलक संस्थाको रूपमा स्थापित कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति विज्ञ, र व्यवसायीहरूको छाता संगठन हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top