विदुर – कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघ जिल्ला शाखा नुवाकोटको तदर्थ समितिको संयोजकमा पवन नेपाल चयन भएको छ ।
प्रथम भेलाले नेपालको संयोजकत्वमा चार सदस्यहरुको तदर्थ समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा दिलिपकुमार शाक्य, नारायणकुमार घले, मनिषकुमार शाह र लिडर श्रेष्ठ रहेका छन् ।
क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुवँरले ७७ वटै जिल्लामा जिल्ला शाखा स्थापना गर्ने क्रममा रहेको र नुवाकोटसहित ५५ वटा शाखा स्थापना भइसकेको बताए । विश्व नै प्रविधिमय भइरहेको अवस्थामा नेपाल पछाडी नै रहेकोले क्यान महासंघ देशको ग्रामीणा भेगमा समेत प्रविधि पुराउनको लागि प्रयासरत रहेको बताए ।
नुवाकोट क्यानका संयोजक नेपालले कम्युटरको क्षेत्रमा व्यापार व्यवसाय गर्दै आइरहेका व्यवसायीहरुलाई समेट्दै लैजाने र जिल्लाका दुर दराजसम्म प्रविधिको पहुँच पुराउन पहल गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया