२०७८, २ असार बुधबार

विदुर नगरपालिकामा हुँदै आएको खानेपानीको व्यवस्थापन दक्षिण एशियाकै उदाहरणीय

डबली खबर     पुष १६ २०७७ १५:४९


bidur drinking water rawal dhara nuwakot
bidur tax

नुवाकोट – विदुर नगरपालिकामा हुँदै आएको खानेपानीको व्यवस्थापन दक्षिण एशियाकै उदाहरणीय रहेको एक अध्ययनले देखाएको छ ।

साउथ एसिया इन्ष्टिच्युट अफ एड्भान्स्ड् स्टडिज (सियास)ले गरेको अध्ययनमा बढ्दो खानेपानीको समस्यामा समेत विदुर नगरपालिकामा सहज व्यवस्थापन भइरहेको देखाएको हाे ।

अध्ययननुसार ठूला खानेपानीको आयोजनासँगै स–साना खानेपानी उपभोक्ता समिति मार्फत् हुँदै आएको पानी व्यवस्थापनले प्रकोप र बिपद्को समयमा पनि पानीको व्यवस्थापनमा सहजता भएको देखिएको हाे ।

सन् २०१४ देखि अध्ययन सुरु भएको विदुर नगरपालिकामा भारत र नेपालकै ठूला शहरको तुलनामा सहज व्यवस्थापन भइरहेको अध्ययनले देखाएको छ । हाल भइरहेका पानीको स्राेतको दिगोपना र व्यवस्थापनमा भने स्थानीय तहले काम गर्नुपर्ने बताईएको छ ।

विदुर नगरपालिकामा विदुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गर्ने मुख्य प्रणाली बाहेक ३१ वटा स–साना खानेपानी उपभोक्ता समूहहरु रहेको अध्ययनले देखाएको छ ।

साउथ एसिया इन्ष्टिच्युट अफ एड्भान्स्ड् स्टडिज (सियास) ले नेपालका धरान, धुलिखेल, विदुर र भारतका हल्द्वानी र मसुरी सहरमा सन् २०१४ देखि यी सहरहरुको खानेपानी व्यवस्थापनका विभिन्न पक्षहरुलाई समेटेर एक अध्ययन गरेको थियो ।

अध्ययनकाे पूर्ण पाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
use to mask safe from covid19


Top