२०७८, १७ श्रावण आईतवार

निजी विद्यालयमा पठनपाठन शुरु

डबली खबर     मंसिर १५ २०७७ १३:४२


Government Community School
Tribhuvan Trishuli Secondary School
bidur tax

नुवाकोट – कोरोना महामारी सङ्क्रमणका कारण लामो समय विद्यालय बन्द भएका विदुर नगरपालिकामा निजी विद्यालयमा आईतबारदेखि पठनपाठन शुरु भएको छ ।

प्रत्यक्ष सिकाइ क्रियाकलाप अवरुद्ध भएकाले शिक्षा मन्त्रालयको कार्यढाँचाअनुसार आइतबारदेखि विद्यालय शुरु गर्ने निर्णय गरिएको विदुर नगरपालिका प्याब्सनका अध्यक्ष ताराबहादुर कार्कीले बताए । उनका अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सञ्चालन भइरहेको छ ।

मङ्सिर ८ र ९ गतेको विदुर नगरपालिकाको कार्यपालिकामा भएको बैठक र विद्यालय सञ्चालकहरुको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा, २०७७ मा उल्लेख भएका मापदण्डअनुसार आईतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।

“स्वास्थ्य सुरक्षाका लागि विद्यालय प्रवेश गर्दा सबै विद्यार्थीहरुको थर्मोगनबाट ज्वरो मापन गर्ने र स्यानीटाईजर प्रयोग गर्न दिएर मात्र विद्यालय प्रवेश गराउने विदुर नगरपालिका क्षेत्र अन्तर्गतका सबै निजी विद्यालयहरुले कार्य योजना बनाएको छ”, उनले बताए “प्रत्येक बेन्चमा दुई जना मात्रै विद्यार्थी बसाउने, एउटा कक्षामा १५/२० जना विद्यार्थीभन्दा बढी नराख्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।”

“मास्क र स्यानिटाइजरको व्यवस्था विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले स्वयम् आफ्नै व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी दिईएको छ । विद्यालयमा कक्षा प्रवेश गर्दा शिक्षक/शिक्षका र विद्यार्थीहरुले अनिवार्य हातमा स्यानिटाइजको प्रयोग गर्ने र अनिवार्य मास्क प्रयोग गर्ने गरी सबै विद्यालयहरुमा कार्य योजना लागु गराएर अध्यापन गर्न भनिएको छ ।”

“विद्यालयको भौतिक पूर्वाधार अनुसार कक्षागत विद्यार्थीहरुलाई हप्ताको ३/३ दिन र कक्षा १० का विद्यार्थीहरुको लागि ६ दिनै पढाई गरिने छ”, उनले बताए “सबै विद्यार्थीहरु विद्यालय नआएका र हप्ताको तीन दिन मात्र पढाई हुने भएकोले केहि कक्षाका अध्यापन बहने सिकाईका माध्यम अनलाईनलाई पनि निरन्तता दिईएको छ। “

यसअघि विद्यालयहरुले विद्यार्थीको शिक्षालाई ध्यानमा दिएर प्रविधिको प्रयोग गरी म्यासेन्जर, गूगल मिट, जुम लगायतका एपको माध्यमबाट सिकाइ क्रियाकलाप गराउदै आएका थिए ।

अहिले विदुर नगरपालिकामा २३ निजी विद्यालय रहेको छ ।

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
use to mask safe from covid19



Top