२०८०, १६ चैत्र शुक्रबार

पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको शुभारम्भ

डबली खबर     मंसिर १३ २०७७ २१:४५

post bahadur bogati Council For Technical Education and Vocational Training
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – प्राविधिक शिक्षा तथा व्यावासायिक तालीम परिषद् (सिटिइभिटी) को नुवाकोटमा स्थापना गरेको “पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय”को आज औपाचारिक शुभारम्भ गरिएको छ । सिटिइभिटीको यो शैक्षिक कार्यक्रम सञ्चालन हुने नुवाकोट ६५ औँ जिल्ला हो ।

सिटिईभिटी अन्तर्गत विदुर नगरपालिका-१ मा स्थापना गरिएको ‘पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय’को शनिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले औपचारिक रुपमा सुरु भएको उद्घाटन गरेका छन् ।

मन्त्री पोखरेलले प्राविधिक शिक्षामार्फत त्यसलाई श्रमहुदै सीपमा रुपान्तरण गर्ने र त्यसबाट उत्पादन बढाई मुलुकमा समृद्धि ल्याउन सकिने लक्ष्य अनुसार अहिले प्राविधिक शिक्षामा जोड दिदै आएको बताए । विगतमा दिएको शिक्षा केवल साक्षर मात्र बनाएकाले महशुस भएकाले अबको शिक्षा भनेको अध्ययनसगसगैँ सिधै रोजगारीमा लाग्न सहयोग पुग्ने विश्वास लिएको बताए ।

विदुर नगरपालिका वडा नं. १ स्थित इन्द्रेणीघाटको सिमुटारमा स्थापना गरिएको शिक्षालयको लागि चालु शैक्षिकसत्रदेखि नै अध्यापन गराउने गरेर विद्यार्थी भर्ना प्रक्रिया पूरा गरेर अब अध्यापन गराउन सुरु गर्न लागिएको छ । सम्बन्धत प्राप्तको लागि भएको ढिलाईको कारण भर्ना प्रक्रिया पूरा गरेर शिक्षालयको उद्घाटन अध्यापन सुरु गर्नुपूर्व गरिएको हो ।

औपचारिक उद्घाटन कार्यक्रममा नुवाकोटबाट प्रतिनिधित्व गर्ने संघीय सांसद्, प्रदेस सांसद् लगायत स्थानी तहका निर्वाचित जनप्रतिनिधिहरु सहित सरोकारवालाहरुले सिटिइभिटीमार्फत अनुमति प्राप्त भएपनि अहिलेको लागि संरचनाको अभाव भएकाले त्यसको लागी आवश्यक सहयोगको प्रतिबद्धता जनाएका छन् ।

यसै शैक्षिक सत्रदेखि नै अध्यापन सुरु गर्न चुनौती भएपनि आगामी भदौ १५ गतेसम्म भर्नाको लागि आवेदन फाराम खुला गरेको शिक्षालयले जनाएको छ । शिक्षालयमा कृषितर्फ बाली विज्ञान र पशु विज्ञान सहित होटल तथा पर्यटन सम्बन्धि गरेर तीन विषयमा अध्यापन गराउन सुरु गर्न लागिएको हो ।

बहुप्राविधिक शिक्षालयको पूर्वाधारका लागि शैक्षिक सामग्री र फर्निचर व्यवस्था तत्कालको लागि सहित प्रतिष्ठान बान्द्रे मार्फत उपलब्ध गराइएको छ । पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको आफ्नै भवन निर्माण पूरा नभएसम्मको लागी अध्यापनको सहिद प्रतिष्ठानबाट सुरु गर्न लागिएको हो ।

बाली विज्ञान, पशु विज्ञानहोटल व्यवस्थान, सिभिल इन्जिनियरिङ सम्बन्धि अध्यापन गर्नको लागि ४०/४० जनाको दरले १२० जना कोटा सुनिश्चित गरिएको छ । तोकिएको कोटाको लागि सिटिईभिटीबाट पूर्ण रुपमा छात्रबृत्ति रहने छ भने विदुर नगरपालिकामार्फत नगरभित्रका विद्यार्थीको लागि एक जनाको लागी पूर्ण छात्रवृत्ति सहित चार सिटको लागि कोटा निर्धारण गरिएको छ । नुवाकोट घर भएका विद्यार्थीको लागि चार जनाको सिट सुनिश्चित गरिएको शिक्षालयले जनाएको छ ।

नुवाकोटको तुप्चेमा जन्मिनुभएका पोष्टबहादुर बोगटी तत्कालीन नेकपा (माओवादी) का केन्द्रीय उपाध्यक्ष तथा ऊर्जा र सूचना तथा सञ्चारमन्त्री समेत रहनुभएका निडर, इमान्दार तथा जनप्रिय नेताको रुपमा रहनुभएको छवीको सम्मानको लागी सिटिइभिटीमार्फत उनकै नाममा शिक्षालय स्थापना गरिएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top