२०८१, ७ बैशाख शुक्रबार

सजिलै लेख्न सिक्नुहोस रञ्जना लिपि

डबली खबर     कार्तिक २६ २०७७ १३:१९

learn ranjana script nepal dabali khabar yesubc
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

संयुक्त राष्ट्र संघमा समेत दर्ता भएको नेपालको लिपि “रञ्जना लिपि“लाई सहज रुप लेख्न र सिक्नको लागि नेपाल लिपि गुथीले एनिमेट भिडीओ युट्युबमा समेत राखेको छ ।

उक्त प्रचलित लिपिको सिकाई भिडीओमा डिजाइनर तथा एनिमेटर आनन्दकुमार महर्जनको डिजाईन र एनिमेसन रहेको छ । भिडीओमा नेपाल भाषाका प्रख्यात कलाकार पवित्रा काशाको स्वर रहेको छ।

करिब आधा घण्टाको सिकाई भिडीओमा स्वरवर्ण र व्यंजन वर्णहरु लेख्न र बोल्न सिकाईएको छ ।

रञ्जना लिपिलाई कुतिला वा लान्त्सा पनि भनिन्छ, ब्राह्मी लिपिबाट लिइएको धेरै अक्षरहरू मध्ये एक हो। यो ११ औं शताब्दीको अवधिमा विकसित भयो र २०औं शताब्दीको मध्यसम्म भारत र नेपालमा नेवार समुदायले नेवार भाषा लेख्न प्रयोग गरेका हुन् ।

रञ्जना लिपिको सहज लेखाई र बुझाईको लागि नेपाल लिपि गुथीको समन्वयमा एन्ड्रयु र आईओएसको मोबाइलका लागि मोवाईल एप पनि ल्याईसकेको छ। जसका लागि एप स्टोरप्ले स्टोरमा गएर आफ्नो मोबाइलमा राख्न सकिन्छ।

भिडीओ

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top