sujim bazar advert

याहु ग्रुप्स बन्द हुँदै

डबली खबर     अशोज २८, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

yahoo groups shutting down 2020 december
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

बहुचर्चित वेब सेवा कम्पनी याहुको “याहु ग्रुप्स” आउँदो मङ्सिर ३० गतेदेखि बन्द हुने भएको छ ।

याहु ग्रुप्सले सोमबार आफ्ना प्रयोगकर्ताहरुलाई इमेल पठाएर सन् २०२० डिसेम्बर १५ तारिखदेखि आफ्ना याहु ग्रुप्सको सेवा बन्द गर्ने निर्णय गरिएको जानकारी गराएका छन्। अक्टोबर १२ देखि नयाँ ग्रुप बनाउन नमिल्ने र डिसेम्बर १५ देखि याहू ग्रुप्सबाट ईमेलहरू पठाउन र प्राप्त गर्न सकिदैन। वेबसाइट पनि बन्द हुने जनाएको छ ।

याहू ग्रुप्सको पछिल्ला समयमा लगातार गिरावट थियो । याहू! ग्रुप्स विश्वको अनलाइन छलफल बोर्डहरूको सबैभन्दा ठूलो सङ्ग्रह हो।

प्रयोगकर्ताले पठाएको र प्राप्त गरेका ईमेलहरू ईमेलमा रहनेछ भने डिसेम्बर १ देखि भने कुनै पनि सदस्यहरुले सन्देश पठाउने वा प्राप्त गरिने छैन।

याहु ग्रुप्स बन्द भएतापनि “याहु मेल” भने कुनै असर नहुने याहुले जनाएको छ । याहु मेलबाट इमेल पठाउन प्राप्त गर्न सकिने छ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top