२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

याहु ग्रुप्स बन्द हुँदै

डबली खबर     आश्विन २८ २०७७ १६:५९

yahoo groups shutting down 2020 december
pratik book and stationery center in nuwakot

बहुचर्चित वेब सेवा कम्पनी याहुको “याहु ग्रुप्स” आउँदो मङ्सिर ३० गतेदेखि बन्द हुने भएको छ ।

याहु ग्रुप्सले सोमबार आफ्ना प्रयोगकर्ताहरुलाई इमेल पठाएर सन् २०२० डिसेम्बर १५ तारिखदेखि आफ्ना याहु ग्रुप्सको सेवा बन्द गर्ने निर्णय गरिएको जानकारी गराएका छन्। अक्टोबर १२ देखि नयाँ ग्रुप बनाउन नमिल्ने र डिसेम्बर १५ देखि याहू ग्रुप्सबाट ईमेलहरू पठाउन र प्राप्त गर्न सकिदैन। वेबसाइट पनि बन्द हुने जनाएको छ ।

याहू ग्रुप्सको पछिल्ला समयमा लगातार गिरावट थियो । याहू! ग्रुप्स विश्वको अनलाइन छलफल बोर्डहरूको सबैभन्दा ठूलो सङ्ग्रह हो।

प्रयोगकर्ताले पठाएको र प्राप्त गरेका ईमेलहरू ईमेलमा रहनेछ भने डिसेम्बर १ देखि भने कुनै पनि सदस्यहरुले सन्देश पठाउने वा प्राप्त गरिने छैन।

याहु ग्रुप्स बन्द भएतापनि “याहु मेल” भने कुनै असर नहुने याहुले जनाएको छ । याहु मेलबाट इमेल पठाउन प्राप्त गर्न सकिने छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top