२०८१, ११ बैशाख मंगलवार

नुवाकोटसहित ११ जिल्लाको निःशुल्क इन्टरनेट परियोजना सकियो

डबली खबर     आश्विन २७ २०७७ १२:४६

Nepal Telecommunications Authority
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गत रहेको ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी भुकम्प प्रभावित नुवाकोटसहित ११ जिल्लामा उपलब्ध नि:शुल्क इन्टरनेटको अवधि सकिएको छ ।

प्राधिकरणले मङ्गलबार जारी गरेको सूचना अनुसार अब स्थानीय तहले प्राधिकरणले तोकेको मूल्यमा सेवा प्रदायकसँग सम्झौता गरी सेवाको शुल्क बुझाउनु पर्ने भएको छ ।

प्राधिकरणले भूकम्प प्रभावित जिल्लाहरु नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुङ्गासिन्धुलीका परियोजना समाप्त भएको जनाएको छ । इन्टरनेट सेवा नपुगेका स्थानीय तहहरुका नगरपालिका/ गाँउपालिका र वडा कार्यालयहरु, सामूदायिक स्वास्थ्य संस्थाहरु तथा सामूदायिक माध्यामिक बिद्यालयहरुमा इन्टरनेट पुर्‍याउने योजनाका साथ उक्त परियोजना सुरु गरिएको थियो ।

जसअन्तर्गत पहिलो पटक २०७४ वैशाख २१ गते नेपाल दूरसञ्चार प्राधिकरण र टेलिकमबीच नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सात सय ६० स्थानमा निःशुल्क रुपमा दुई वर्षसम्मका लागि ब्रोडब्यान्ड इन्टरनेट जडान तथा मर्मत सम्भार सेवा दिनुपर्ने थियो ।

सोहीअनुसार विगत दुई वर्षदेखि टेलिकमले उक्त स्थानमा नि:शुल्क रुपमा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएका थिए । उक्त अवधि गएको चैतमै सकिएको थियो । तर, कोरोना महामारीको बिचमा उक्त सेवा निरन्तर दिनुपर्ने भन्दै प्राधिकरणले सेवा प्रदायकलाई थप केही समय नि:शुल्क रुपमा इन्टरनेट सेवा उपलब्ध गराउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top