+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रालयमा बुझाएनन् अझै नुवाकोटका ३ स्थानीय तहले बजेट विवरण

mofaga Ministry of Federal Affairs & General Administration nepal budget
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुन: ताकेता गर्दा पनि नुवाकोटका तीन स्थानीय तहले अझै बजेट विवरण बुझाएका छैनन्।

मन्त्रालयका अनुसार आव २०७७/७८ को पेश भएको बजेट विवरण मन्त्रालयको वेब बेस प्रणालीमा प्रविष्ट गर्न यसअघिनै पत्राचार गर्दा पनि विवरण नबुझाएको हुनाले आइतबार पुन:विवरण बुझाउनको लागि पत्राचार गरिएको जनाएको छ ।

बजेट विवरण पेश गर्नेमा नुवाकोटका दुई नगरपालिका र सात गाउँपालिका मात्र रहेका छन् । नगरपालिकातर्फ विदुर र बेलकोटगढीले बजेट विवरण पेश गरेका छन् भने किस्पाङ गाउँपालिका, तादी, दुप्चेश्वर, पन्चकन्या, म्यागङ, लिखु, शिवपुरी गाउँपालिकाले बजेट विवरण पेश गरेका छन् । ककनी, तारकेश्वर र सुर्गगढ़ी गाउँपालिकाले अझै बजेट विवरण पेश गरेका छैनन्।

मन्त्रालयका तथ्याकंअनुसार मुलुकभरका ४६५ स्थानीय तहले बजेट विवरण बुझाएका छन् भने २८८ स्थानीय तहहरुले बजेट विवरण बुझाएका छैनन्। बागमती प्रदेशका ३९ स्थानीय तहले बजेट विवरण नबुझाएको मन्त्रालयको प्रविष्ट रहेको छ ।

६ अर्ब सात करोड बजेट

नुवाकोटमा १२ वटै स्थानिय तहहरुले आर्थिक वर्ष २०७७/७८ को लागि नुवाकोटमा ६ अर्ब सात करोड भन्दा माथिको बजेट पेश गरेका थिए।

आव २०७७/७८ का लागि विदुर नगरपालिकाको एक अर्ब ८ करोड र बेलकोटगढी नगरपालिकाको झण्डै ९९ करोड ९३ लाखको बजेट विनियोजन गरेको थियो ।

यस्तै, म्यागङ गाउँपालिकाले ३४ करोड, शिवपुरीले ४९ करोड २५ लाख, ककनीले ४३ करोड, दुप्चेश्वरले ४१ करोड, पञ्चकन्याले ४० करोड ९३ लाख, किस्पाङले ४० करोड, तारकेश्वरले ३९ करोड, सूर्यगढीले ३८ करोड १२ लाख, लिखुले ३७ करोड ७८ लाख र तादीले ३६ करोड १९ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ