नुवाकोट – तारकेश्वर गाउँपालिकाका थप दुई जनामा कोभिड-१९ को संक्रमण भएको पुष्टी भएको छ । यो संख्या सँगै नुवाकोटमा कोरोना संक्रमित १० जना पुगेको छ ।
शुक्रबार मात्र सिङ्गल डिजिट सङ्ख्या आठ रहेकोमा सोमबार बिहानै नुवाकोटमा संक्रमितको संख्या दुई डिजिटमा पुगेको हो।
पिसिआर परीक्षणबाट पोजेटिभ पुष्टी भएका ३१ वर्षिय महिला र उनकी ६ वर्षिया छोरी रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिएका छन् ।
संक्रमित भएका ती व्यक्तिहरुमा उच्च ज्वरो देखिएपछि तारकेश्वरको क्वारेन्टाइनबाट शनिवार नै जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको थियो । उनीहरुको अवस्था सामान्य रहेको त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रेमकुमार राईले जानकारी दिए ।
प्रतिक्रिया