२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटका नदि दोहन गर्न तीन महिना रोक

    जेष्ठ २८ २०७७ २३:०६

dabali khabar samachar - leading news portal from nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटका नदिहरुबाट नदिजन्य पदार्थ उत्खनन गर्न असार १ गतेदेखि भदौमसान्तसम्म रोक लगाएको छ ।

बुधवार जिल्ला समन्वय समितीमा बसेको बैठकले नदिजन्य पदार्थ उत्खनन गर्नेलाई मुद्दा लगाउने निर्णय भएको हो।

लकडाउनको समयमा पनि खुलमखुल्ला त्रिशुली र तादी नदिबाट उत्खनन गर्ने प्रक्रिया भैइरहेको नागरिकबाट चर्को आलोचनापछि उक्त निर्णय भएको हो।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङका अनुसार तीन महिनासम्म उत्खनन गर्न रोक लगाएको र कसैले उक्त निर्देशन अनुरुप कार्य गरेमा कानुन बमोजिम कारबाही भएको छ । सोहिअनुसार जिल्लाका सबै स्थानीय तहहरुले प्रत्येक ३/३ महिनामा समन्वय समितिमा अनुगमन र प्रतिवेदन बुझाउने निर्णय भएको छ ।

बैठकबाट १२ वटै स्थानीय तहगत पर्ने नदिहरुमा कसैले हाते औजार र मेसिन प्रयोग गर्न पूर्ण रुपमा रोक लगाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top