+
Search

ताजा अपडेट +

पपुलर +

१५ औं राष्ट्रिय धान दिवस तथा बृहत रोपाईं महोत्सव हुँदै

Dhaan Diwas Press Meet Sabim Sahakari
डबली खबर
७ साल अगाडी

विदुर/ साविम कृषि सहकारी संस्था लि.को आयोजनामा आगामी असार १५ गते विदुर नगरपालिका-७, तुप्चेमा राष्ट्रिय धान दिवस तथा बृहत रोपाईं महोत्सव हुने भएको छ ।

आज विदुरमा भएको पत्रकार सम्मेलनमा लोप हुन लागेको गोरु जोताई, पन्चेबाजा एवं लोकसंस्कृतिको जगेर्ना एवं विकासको लागि सदाको झैं यस वर्ष पनि नुवाकोटमा धान दिवस तथा रोपाईं महोत्सव आयोजना गर्न लागेको सहकारीका अध्यक्ष रामप्रसाद नेपालले बताउनुभयो ।

No automatic alt text available.

धान दिवसको अवसरमा विदुर नगरपालिका-७ मा रहेको प्रत्येक सरकारी विद्यालयबाट गरिब, जेहेन्दार तथा द्वन्द्व पिडित बालबालिकाहरू मध्येबाट २/२ जना छनौट गरी विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिने नेपालले बताउनुभयो। त्यस्तै वडामै रहेका कृषकहरु मध्येबाट उत्कृष्ट कृषक सम्मान गरिने, असारे भाका सहितको सांस्कृतिक कार्यक्रम, हिले दाैड तथा फुटबल प्रतियाेगिता र हिलाेमा माछा समात्ने खेल समेतका कार्यक्रम रहने नेपालले बताउनुभयो ।

कृषि पेशालाई सम्मानित पेशाको बनाउन र कृषि प्रति युवाहरुलाई आकर्षित गर्न लागेको सहकारीका सदस्य प्रदिप अधिकारीले बताउनुभयाे ।

राष्ट्रिय धान दिवसलाई गौरवको पर्व सम्झेर कुनै पनि खेतीयोग्य जमिन बाँजो नराख्नुको लागि जनचेतनाको विकास गरी राष्ट्रिय उत्पादनमा वृद्धि गर्ने र विदेशबाट आयात हुने कृषि तथा पशुजन्य सामग्री कम गर्न कृषकहरुलाई हौसला प्रदान गर्नु महोत्सवको मूल उदेश्य रहेको सहकारीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ