sujim advert

सुन्दरादेवी सन्देश म्युजिकअवार्डको चौथो संस्करण जेष्ठमा

    ७ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Sundardevi award 2074
bidur tax consultancy services in nuwakot

विदुर / ‘नेपाली गीत संगीत हाम्रो पहिचान, संचार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराको साथ आगामी जेठ महिनामा हुने ‘चौथो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७५’ को फर्म खुल्ला भएको छ ।

चलचित्र, आधुनिक, पप र लोकदोहोरी तर्फबाट ३३ विधामा अवार्ड प्रदान गरिने आयोजक समितिका अध्यक्ष किरण अधिकारी र सदस्य सचिव मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनमा हुने यो अवार्ड चौथो संस्करणको हो । कार्यक्रमको व्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रा.लि. काठमाडौं गर्ने भएको छ ।

अवार्डमा चलचित्रतर्फ गीतकार,संगीतकार, गायक, गायिका, त्यसैगरी आधुनिक तर्फ गीतकार,संगीतकार, गायक, गायिका, नव गायक, नव गायिका, भिडियो निर्देशक, छायाँकार, भिडियो सम्पादक, मोडल पुरुष, मोडल महिला रहेका छन् । पप गीत तर्फ गीतकार,संगीतकार, गायक, गायिका, भिडियो निर्देशक त्यसैगरी लोक दोहोरी तर्फ शब्द, लय, गायक, गायिक, मोडल पुरुष, मोडल महिला, भिडियो निर्देशन, भिडियो, छायाँकार, भिडियो सम्पादक, नव गायक र नव गायिका विधाहरु रहेका छन् । देशभरका कलाकर्मीहरुले यस अवार्डमा सहभागी हुन सक्नेछन् ।

अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु-याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने दुई जना पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top