२०८१, ११ बैशाख मंगलवार

कोलेनिकाको भवन उद्घाटन

    माघ १ २०७४ ०६:२९

Bhawan Udhghatan Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटको नयाँँ भवन उद्घाटन मंगलबार सम्पन्न भएको छ ।

एक वर्षअघि नै निर्माण सम्पन्न भएको भवनको मंगलबार मात्र महालेखा नियन्त्रक रामकुमार आचार्यले उद्घाटन गरेका हुन् । नयाँ भवनको उद्घाटन गर्दै महालेखा नियन्त्रक आचार्यले महालेखा नियन्त्रण र मातहतमा रहेका कार्यालयले आर्थिक पारदर्शिता र सुशासन कायम गराउन क्रियाशील हुनुपर्ने निकाय भएकाले यसमा गम्भीर बन्न र संवेदनशील हुन सचेत गराए ।

महालेखा नियन्त्रक आचार्यले संविधानले सुनिश्चित गरेको तीन तहको सरकारअन्तर्गत स्थानीय तह र प्रदेश सरकार नयाँ संरचनाको रूपमा विकसित हुन लागेकाले यसलाई सञ्चालनका लागि सहयोग पु¥याउनुपर्ने भएकाले त्यसतर्फ सहजीकरण गर्दै आएको बताए । उनले स्थानीय तह अधिकारसम्पन्न र क्षमतावान बनाउन सकेमा त्यसको प्रत्यक्ष लाभ जनताले पाउने भएकाले स्थानीय तहमा खाता सञ्चालन तथा आन्तरिक लेखा परीक्षणमा सहज बनाउन जिल्लामा रहेका लेखा क्षेत्रका कर्मचारीको ध्यानाकर्षण गराए ।

महालेखा नियन्त्रक रामकुमार आचार्यले कोष तथा लेखा कार्यालय नुवाकोटको नयाँ भवन निर्माण हुनुभन्दा पनि यसलाई सही रूपमा सदुपयोग, संंरक्षण गरी कार्यप्रणाली, सेवा प्रवाह र तथ्याङ्कलाई सुरक्षित बनाउन सक्षम हुन सक्नुपर्ने बताए ।

भूकम्प जानुअघिदेखि नै ठेक्का प्रक्रिया सुरु भएको कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटको भवन २०७३ को असारबाट निर्माण सुरु गरी सोही वर्षको पुसमा सम्पन्न भएको थियो । त्रिशूली÷थानी जेभी कम्पनीले निर्माण गरेको दुईतले भवन ठेक्काको समयमा ६८ लाख रुपैयाँ घटेर २ करोड ३७ लाख रुपैयाँमा निर्माणको जिम्मेवारी लिए पनि तोकिएको समयभन्दा ६ महिनाअघि नै निर्माण सम्पन्न गरेको थियो । ठेक्का लिएका निर्माण व्यवसायी रमेश बस्नेतलाई सो अवसरमा ६ महिनाअघि नै निर्माण सम्पन्न गरेकोमा महालेखा नियन्त्रक आचार्यले सम्मान गरेका थिए ।

निर्माणको क्रममा भेरिएसन आदेशअनुुसार पाँच लाख रुपैयाँ बढी लागे पनि तोकिएको समयमा भन्दा अघि नै काम सम्पन्न भएकाले ठेकेदार पक्षले नौ प्रतिशत रकम अतिरिक्त पाएको छ । भवन उद्घाटन कार्यक्रममा जिल्ला अदालत नुवाकोटका न्यायाधीश लोकजंग शाह, प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितलगायतका जिल्लाका कार्यालय प्रमुख, लेखा शाखामा कार्यरत सरकारी कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top