sujim advert

पहिलो भजनबालन प्रतियोगिता (फोटो/भिडियो फिचर)

    पुस २८, २०७४

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

देविघाट/ लोपोन्मुख संस्कृति बालनभजन संरक्षणको लागि  नुवाकोटमा पहिलो भजनबालन प्रतियोगिता सम्पन्न भयो 

पृथ्वीनारायण शाहको २९६ औं पृथ्वी जयन्ती अवसरमा शाहको देहवसान भएको स्थान देवीघाटमा प्रतियोगिता संम्पन्न भयो 

नुवाकोटका विभिन्न छ समुहले बालनभजन गएका थिए । प्रतियोगितामा पंचकन्या सांस्कृतिक समहू तिगाउँ पहिलो, बाघभैरम भजन समूह भैरमकोट दोश्रो, जन मण्डली कालिका भजनमण्डली हर्कपुर तेस्रो र राधाकृष्ण भजन समूह गेर्खु उत्कृष्ट ठहरिएको छ 

प्रतियोगिता आयोजक संस्था बसिबियाँलो नुवाकोट अनुसार पहिलो, दोश्रो, तेस्रो र उत्कृस्ट समूहलाई क्रमश: १५ हजार रुपैंया, १० हजार, ५ हजार र ७५०० नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । सहभागी अन्य समुहलाई यातायात खर्च समेत प्रदान गरिएको थियो । प्रतियोगितामा भएको खर्च सामाजिक संजाल “फेसबुक” बाट संकलन भएको अभियन्ता हरिकृष्ण श्रेष्ठले बताए 

विजय समुहलाई प्रदान गरिएको प्रमाणपत्रको भाषा पृथ्वीनारायण शाहको कालको भाषा प्रयोग गरिएको छ । यसलाई विजेता समूह र सहभागी समूहहरुले आकर्षक माने ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका कार्यवाहक महासचिव रामप्रसाद दाहालले विजयी समूहलाई प्रमाण-पत्र र नगदराशी प्रदान गरेका थिए। यस्ता खाले कला संस्कृतिलाई अन्तरस्तरसम्म लैजान आवश्यक रहेको प्रमुख अतिथि दाहाले बताए । लोपोन्मुख कला संस्कृति, संरक्षण र प्रचारको लागि नेपाल पत्रकार महासंघले काम गर्ने प्रतिबद्दता उनले जनाए ।

त्यस्तै कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्की, समाजसेवी ध्रुव अधिकारी, नेपाल पत्रकार महासंघ, जिल्ला शाखा नुवाकोट अध्यक्ष कपिलदेव खनाल, संचारकर्मीहरु लगायत समाजसेवीहरुको उपस्थित रहेको थियो 

दाह्री ग्याङ्ग नुवाकोटका सदस्यहरुले स्वयंसेवकको भूमिका गरेको अर्का अभियन्ता क्षितिज थापामगरले बताए ।

Image may contain: 1 person, crowd, tree, sky and outdoor

Image may contain: one or more people, crowd and outdoor


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top