२०८१, ११ बैशाख मंगलवार

उत्प्रेरणा सहकारीको साधारणसभा सम्पन्न

    कार्तिक २७ २०७४ १७:११

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

ऋण लगानीलाई सहज र उत्पादनमुखी बनाउने प्रतिबद्धता 

विदुर / उत्प्रेरणा बहुउद्देष्य सहकारी सस्थाको दशौ सधारणसभा सम्पन्न भएको छ ।

सस्था दर्ता भएर प्रभावकारी बन्न नसकेको समयमा स्थानीयत युवाहरुको नेतृत्वमा सञ्चालनमा रहेको उत्प्रेरणा बहुउद्देष्य सहकारी सस्थाले सम्पनन आर्थिक वर्षमा शेयर सदस्य, शेयर पुँजी र लगानीको क्षेत्रलाई ठूलो सङ्ख्याले बृद्धि गर्न सफल भएको छ ।

सहकारीका अध्यक्ष श्रीकृष्ण आचार्यको बार्षिक प्रतिवेदन अनुसार सस्थालाई समृद्धि बनाएर स्वास्थ्य र शिक्षा एंव सामजिक सेवामा सक्रियता, थोरै लगानी गर्दै आएका सदस्यहरुलाइ सक्षम व्यवसायीको रुपमा उत्पादन गर्न सफल भएको उल्लेख गरिएको छ ।

यस्तै, सहकारीका कोषाध्यक्ष बिनोद श्रेष्ठले पेश गरेकोे बजेट तथा प्रगति प्रतिवेदनमा सहकारी सस्थाको सदस्य सङ्ख्या चार सय ७३ जनाको शेयर पुँजी २१ लाख १० हजार रुपैयाँ, बचत संकलनमा ३ करोड २ लाख र ऋण लगानी २ करोड १७ लाख रुपैयाँ रहेको छ ।

यस्तै, सहकारीको लेखा समितिका संयोजक श्रीकृष्ण श्रेष्ठले पेश गरेको लेखा प्रतिवेदनमा सहकारीको कार्यक्षेत्रलाई बढाएर लगानीलाई समेत बृहत्त बनाउने उल्लेख गरिएको छ । सहकारी सस्थाले अहिले व्यवसायिक र ब्यापारिक शिर्षकमा उपलब्ध गराउदै आएको ऋण लगानीलाई सहज र उत्पादनमुखी बनाउन तर्फ जोड दिने प्रतिबद्धता जनाइएको छ ।

सहकारीको दशौ साधारणसभामा जिल्ला सहकारी संघ नुवाकोटका निवर्तमान अध्यक्ष बैकुण्ठ मिश्रले सानो पुँजी र लगानीबाट सुरु भएका सहकारीले नै सर्वासधारण नागरिकको आर्थिकस्तर बृद्धिमा उल्लेख भूमिका निर्वाह गरेको बताउनुभयो । नुवाकोटमा सहकारी प्रबद्धन तथा विकासको लागी महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका मिश्रले सहकारी विधेयक राष्ट्रपतिबाट प्रमाणिकरणको तयारीमा रहेकाले त्यसपछि सहकारीहरु रुपान्तरित र व्यवस्थित हुने आश गर्ने स्थान रहेको बताउनुभयो ।

उत्प्रेरणा बहुउद्देष्य सहकारी सस्थाले साधारणसभाको अवशरमा उत्कृष्ट बचतकर्ताको रुपमा बागेश्वरी दाना उद्योग विदुरका सञ्चालक राजेन्द्र रिजाल र उत्कृष्ट ऋणीको रुपमा तृषा फ्लोरिङ एण्ड फर्निसिङ्ग इन्टरप्राइजेजका सञ्चालक विष्णु रोक्कालाई सम्मान गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top