sujim advert

गतिशीलको ५औँ वार्षिक साधारणसभा सम्पन्न

    भदौ ८, २०७४

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

विदुर / गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्था लि. विदुरले आर्थिक वर्ष २०७३/७४ मा १ लाख ८५ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

बचत तथा ऋणको मात्रै काम गर्दै आएको सहकारीले आगामी दिनमा समुदायस्तरसम्म गएर सहकारीको कार्य सञ्चालन गर्ने बताइएको छ । ५औँ वार्षिक साधारणसभाको अवसरमा सहकारीका अध्यक्ष बिन्दा ढुङ्गानाले विदुर नगरपालिकाको १३ वटै वडामा सहकारीसँग आबद्ध रहने गरी महिला समूह गठन गर्ने र सहकारीको अभियानलाई जनस्तरसम्म पु-याउने बताइन् ।

सुरुवाती चरणमा नगरपालिकाबाट समूह बनाई काम सुरु गर्ने र आगामी दिनमा नुवाकोटमा रहेको १२ वटै स्थानीय तहमा समूह बनाई सहकारी अभियानलाई जिल्लाभर पु-याउने योजना रहेको अध्यक्ष ढुङ्गानाले बताइन् । कार्यक्रममा विदुर नगरपालिकाका उपप्रमुख गीता दाहाल अर्यालले सहकारीको माध्यमबाट महिलालाई व्यावसायिक क्षेत्रमा अग्रसर बनाउन गतिशील सहकारीलाई सुझाब दिएकी छिन् ।

सो कार्यक्रममा जिल्ला सहकारी सङ्घका निवर्तमान अध्यक्ष वैकुण्ठ मिश्रले राज्यले सहकारीलाई अर्थनीतिमा राखे पनि आवश्यकताअनुसारको ऐन–नियमको व्यवस्था नगरेको बताए । तीनखम्बे अर्थनीतिमा सहकारी संस्थालाई आबद्ध गराए तापनि सहकारी ऐनमा पर्याप्त अधिकार नभएको उनले बताए ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top