sujim advert

दोश्रो नुवाकोट दशैं महोत्सवको तयारी तिव्र (प्रोमो सहित)

    ८ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

2nd nuwakot dashain mahotsav 2074 trishuli web
bidur tax consultancy services in nuwakot

त्रिशुली / दोश्रो नुवाकोट दसैं महोत्सव सफल बनाउनका लागि आयोजकले आफ्नो अभियान र गतिविधिलाई तिब्र पारेको छ ।

असोज २ गतेदेखि असोज ११ गतेसम्म आयोजना गरिएको महोत्सव त्रिशुली बजार स्थित त्रिशुली माध्यामिक विद्यालयको खेल मैदानमा हुने भएको छ । महोत्सव सम्पन्न गर्नका लागि आयोजक संस्था त्रिशुली युथ स्पोर्टस् क्लव तथा महोत्सव आयोजक मुल समारोह समितिले नुवाकोट उद्योग बाणिज्य संघसित छलफल गरेको छ ।

दसैंको फुलपातीको दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय व्यवसायीहरुले बढी सहभागिता जनाउन पाउनुपर्ने माग जिल्लाका ब्यवसायीहरुको रहेको थियो । दसैंकै लागि लक्षित गरेर आयोजना गरिएको महोत्सवमा आफुहरुको ब्यापक सहभागिताको माग लिएर जिल्लाका ब्यवसायीहरु आएकोले छलफल भएको जनाइएको छ ।

महोत्सव मुल समारोह समितिका पदाधिकारी, नुवाकोट उद्योग बाणिज्य संघका पदाधिकारी र जिल्लाका ब्यवसायीहरु बीच भएको सहमती अनुसार आयोजकले नुवकोटका ब्यवसायीहरुलाई स्टल २५ प्रतिशत छुटमा उपलब्ध गराउने छ । नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीका अनुसार बाहिर जिल्लाका ब्यापारीहरुबाट लिईने स्टल शुल्क भन्दा नुवाकोटका ब्यवसायीसंग २५ प्रतिशत कम शुल्क लिइने छ ।

ब्यवसायीहरुको आम्दानकिो मुख्य समय दसैं रहेको र त्यस बेलामा आयोजना गरिएको महोत्सवले ब्यापार प्रभावित हुने गुनासो स्थानीय ब्यापारी तथा ब्यवसायीहरुको आएको संघका अध्यक्ष कार्कीले बताउनुभयो । स्थानीय ब्यवसायीको हितका लागि स्टल खरिद तथा विक्रिमा पनि आयोजक संस्थसंग सहमती गरिएको बताइएको छ । लिखित रुपमा भएको सहमती अनुसार दोश्रो नुवाकोट दसैं महोत्सवमा ३५ वटा स्टल स्थानीय ब्यपारीहरुले पाउने छन् । जसमा रेडिमेड कपडा, कस्मेटिक सामाग्रीहरु, मोवाइल र किचनका सामाग्रीहरु रहने छ ।

जिल्ला भन्दा बाहिरका ब्यापारीलाई भदौं २५ गते पछि मात्रै आयोजकले स्टल विक्रिको लागि खुल्ला गर्ने सहमती भएको नुवाकोट उद्योग बाणिज्य संघले जनाएको छ ।

नुवाकोट उद्योग बाणिज्य संघले दसैंको अवसरमा कुनै पनि खालको उत्सव महोत्सव कुनै संघ संस्थाले जिल्ला भित्र यो भन्दा पछि गर्न नपाउने भनेर पनि निर्णय गरेको छ । स्थानीय ब्यवसायीहरुको मुख्य कमाई हुने समयमा महोत्सव आयोजना गरिदा धेरै रकम जिल्लाबाट बाहिरिने भएकोले चाडपर्वको अवसरमा अबका दिनमा महोत्सव गर्न नपाउने निर्णय गरेको नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताउनुभएको छ ।

यसै बीच, बिबिध साँस्कृतिक मनोरञ्जनात्मक सस्तो सुलभ बजार नारा दिएर आयोजना गरिएको दोश्रो नुवाकोट दसैं महोत्सवमा स्थानीय उत्पादन र कला संस्कृतिलाई प्राथमिकता दिइने बताइएको छ । १० दिनसम्म सञ्चालन हुने महोत्सवमा कृषि उपजको प्रदर्शनी, घरेलु तथा हस्तकलामा सामग्रीको प्रदर्शनी तथा विक्रि हुने छ ।

महोत्सव आयोजक मुल सामारोह समितिका अध्यक्ष शिव खड्गेका अनुसार स्थानीय उत्पादनको प्रबद्र्धन र विक्रीबाट जिल्लामा आर्थिक पक्ष बलियो पार्ने र दसैंलाई मनोरञ्जनात्मक बनाइने छ ।

महोत्सवमा राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुत रहने छ । दोश्रो नुवाकोट दसैं महोत्सवमा १ सय देखि १ सय २५ वटासम्म स्टल रहने आयोजक संस्थाका सचिब प्रज्वल सापकोटाले बताउनु भएको छ ।

महोत्सवमा अवधिभरीमा २५ लाख रुपैया आम्दानी हुने र २४ लाख ५ हजार रुपैया खर्च हुने आयोजकले अनुमान गरेको छ । महोत्सव ५० हजार दर्शकले अबलोकन गर्ने पनि अनुमान गरिएको छ । महोत्सवमा रेस्लिङ्गलाई पनि समावेश गरिने भएको छ । धेरै दर्शकहरुले टेलिभिजनमा रुचीका साथ हेर्दै आएको रेस्लिङ्गलाई प्रत्यक्ष रुपमा देखाउनका लागि अन्तराष्ट्रिय खेलाडीहरुको रेस्लिङ्गलाई प्रस्तुत गरिने भएको हो ।

महोत्सवको बारेमा नुवाकोट, रसुवा धादिङ्ग तथा राजधानीमा रहेकाहरुलाई जानकारी दिनको लागि अहिले प्रचार प्रसार अभियानलाई तिब्र पारिएको बताइएको छ ।

तीन वर्ष अघि पनि त्रिशुली युथ स्पोर्टस् क्लवले त्रिशुलीमा दसैं महोत्सवको आयोजना गरेको थियो ।

© ईमेज साप्ताहिक

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top