+
Search

ताजा अपडेट +

पपुलर +

लक डाउन उल्लंघन गर्ने सरकारी मोटरसाइकलमा सवार दुई जना प्रहरीको नियन्त्रणमा

coronavirus covid-19 lock down arrested to people in battar nuwakot
डबली खबर
६ साल अगाडी

विदुर – नोभेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नफैलियोस् भनेर सरकारले आज मंगलबार बिहान ६ बजेदेखि देशभरि लक डाउन गरेको छ। कोरोना भाइरस संक्रमणको महामारीबाट जोगिन नेपाल सरकारले एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको हो । देशभरका नेपालीहरुलाई चैत ११ गतेदेखि १८ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको छ । लकडाउन उल्लंघन गरेमा ६ महिना सम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था छ ।

कोरोनाभाइरसको संक्रमण फैलने जोखिमलाई कम गर्न सरकारले लकडाउनको निर्णयको नियम उल्लंघन गरि विना अनुमति सरकारी नम्बर प्लेटको मोटरसाइकलमा विना हेलमेट हिंडिरहेका दुई जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिएका छन् । सडकमा फाट्टफुट्ट निस्किएका कतिपय मानिसहरूलाई प्रहरीले सम्झाएर घर फर्काएको छ ।

आइतबार काठमाडौंमा एकजना युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। फ्रान्सबाट दोहा हुँदै काठमाडौं आइपुगेकी ती युवतीमा कोरोनाको संक्रमण देखिएको सोमबार सार्वजनिक भएको थियो। सोमबार कोरोना संक्रमण पुष्टि भए लगत्तै सरकारले देशलाई लकडाउने गर्ने निर्णय गरेको हो ।

लक डाउनमा सरकारबाट अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन बन्द गर्नुपर्छ। सरकारले आन्तरिक व्यवसायिक उडान समेत बन्द गरेको छ।

स्वास्थ्य सुरक्षा, खाद्यवुस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीमात्र सरकारी कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाउने निर्णय समेत सरकारले गरेको छ।
साथै, सरकारले आवश्यकता परे अन्य कर्मचारीलाई तत्काल उपस्थित हुने गरी कार्यालय प्रमुखले बिदा दिन सक्ने व्यवस्था गरेको छ।

 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ