कात्तिक २०, नुवाकोट । जिल्लामा मतदाताको सङ्ख्या दुई लाख ४८ हजार ५०९ पुगेको छ।
जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार गत भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतदातामध्ये महिला एक लाख १९ हजार ४२, पुरुष एक लाख २९ हजार ४६५ र अन्य समूहका दुई जना छन्।
जिल्लामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र छन्। क्षेत्र नं. १ मा सात र क्षेत्र नं. २ मा पाँच स्थानीय तह पर्दछन्।