+
Search

ताजा अपडेट +

पपुलर +

ढुङ्गे–त्रिशूली जोड्ने बेलीब्रिज निर्माण तीव्र गतिमा (फोटो फिचर)

सुनील श्रेष्ठ
२ घण्टा अगाडी

कात्तिक २०, नुवाकोट । विदुर नगरपालिका–१ ढुङ्गे र त्रिशूली जोड्ने ७० मिटर लम्बाइको बेलीब्रिज निर्माणको कार्यलाई तीव्रता दिइएको छ। पुलको जगसहित पूर्वाधार संरचना बनाउने काम अन्तिम चरणमा पुगेको हो ।

विदुर नगरपालिका–१ ढुङ्गेबाट पावर हाउस जोड्ने त्रिशूली नदीमाथिको बेलीब्रिज जडानका लागि आवश्यक संरचना निर्माण गर्न नगरपालिकाले निर्माण व्यवसायी  सिद्धकाली निर्माण सेवालाई करिब तीन करोड ७७ लाख १९ हजार रुपैयाँको ठेक्का रकममा कार्यदेश दिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले पूर्वाधार विकास क्षेत्र अन्तर्गतको बजेट विनियोजन गरी पुल निर्माणको लागि आवश्यक पूर्वाधार कार्य निर्माण अन्तिम चरणमा रहेको छ। सो पूर्वाधार निर्माणपछि नेपाली सेनाले सात दिनभित्र बेली ब्रिज जडान गर्ने उनले जानकारी दिए ।

गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा लेदोसहित आएको विनाशकारी बाढीले त्रिशूलीस्थित पक्की दुई पुल बगाएको थियो। नगरपालिकाले निर्माण गरिरहेको यो बेलीब्रिज सम्पन्न भएपछि आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।

तस्बिरहरू

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ